EN

पुतलीबजार, स्याङ्जा

बिज्ञापन

नेकपा (एमाले) का नेता तथा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का प्रभावशाली व्यक्तित्व मीन प्रसाद गुरुङले आगामी निर्वाचनको चुनावी घोषणापत्र र क्षेत्रको विकासका लागि सुझाव संकलन कार्यलाई तीव्र बनाउनुभएको छ। पार्टीको ‘जनतासँग एमाले’ अभियान अन्तर्गत उहाँले स्थानीय तहका विभिन्न वडा र टोलमा पुगेर प्रत्यक्ष रूपमा स्थानीयका समस्या र आवश्यकताहरू सुन्नुभएको हो।

बिज्ञापन

सुझाव संकलनका क्रममा नेता गुरुङले जनताको भावना समेटिएको घोषणापत्र नै वास्तविक विकासको आधार हुने बताउनुभयो। उहाँले कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासमा स्याङ्जा १ लाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे बुद्धिजीवी, युवा, महिला तथा समाजका विभिन्न वर्गका व्यक्तिहरूसँग अन्तर्क्रिया गरिरहनुभएको छ। संकलित सुझावहरूलाई एकीकृत गरी पार्टीको स्थानीय प्रतिबद्धता पत्रमा समावेश गरिने गुरुङले जानकारी दिनुभयो।

सो अवसरमा उपस्थित स्थानीय बासिन्दाहरूले खानेपानीको समस्या समाधान, ग्रामीण सडकको स्तरोन्नति र बाँदर आतंक नियन्त्रणका लागि ठोस योजना ल्याउन नेता गुरुङलाई सुझाव दिएका छन्। कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च