EN

मुसिकोट, रुकुम पश्चिम रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ‘चौथो मेयर कप’ प्रतियोगिता आजदेखि उत्साहका साथ सुरु भएको छ। मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर २ स्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको हो।

बिज्ञापन

नगर प्रमुख महेन्द्र केसीले एक विशेष समारोहका बीच प्रतियोगिताको आधिकारिक समुद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुदले विद्यार्थीको शारीरिक विकास मात्र नभई अनुशासन र प्रतिस्पर्धात्मक क्षमतामा समेत वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

बिज्ञापन

प्रतियोगिताको स्वरूप र सहभागिता प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप-समितिका संयोजक भक्तबहादुर खड्काका अनुसार यस पटकको मेयर कपमा नगरपालिकाभित्रका कुल ६५ विद्यालयमध्ये ४९ वटा विद्यालयले उत्साहजनक सहभागिता जनाएका छन्। प्रतियोगितामा विभिन्न २४ वटा विधामा प्रतिस्पर्धा हुनेछ।

कुन कक्षाका लागि कस्ता प्रतियोगिता? विद्यार्थीहरूको उमेर र क्षमताअनुसार प्रतियोगितालाई विभिन्न तहमा वर्गीकरण गरिएको छ:

बिज्ञापन
  • कक्षा १–३ तर्फ: वस्तु पहिचान, हस्तलेखन र ह्याण्डराइटिङ।

  • कक्षा ४–५ तर्फ: गणित दौड, हाजिरजवाफ, हिज्जे, हस्तलेखन र ह्याण्डराइटिङ।

  • कक्षा ६–८ तर्फ: छात्र भलिबल, फुटसल, हाजिरजवाफ, हिज्जे, गणित दौड, हस्तलेखन र ह्याण्डराइटिङ।

  • कक्षा ९–१० तर्फ: अंग्रेजी र नेपाली निबन्ध लेखन, हस्तलेखन, ह्याण्डराइटिङ, हाजिरजवाफ, वक्तृत्वकला र छात्रा फुटसल।

  • कक्षा ११–१२ तर्फ: हाजिरजवाफ र वक्तृत्वकला।

माघ २० सम्म चल्ने संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर केसी, वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, २ का अध्यक्ष दिनेश खड्का, ३ का अध्यक्ष दशरथ केसी लगायतको उपस्थिति थियो। यस्तै पशुपति माविका विव्यस अध्यक्ष टेकबहादुर खड्का, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन उप-समिति सदस्य विमलकुमार शर्माले गर्नुभएको थियो। नगरपालिकाले यसअघि नै राष्ट्रपति रनिङ शिल्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने यो मेयर कप आगामी माघ २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च