EN

मुसिकोट, रुकुम पश्चिम रुकुम पश्चिममा सामाजिक सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लबले नयाँ नेतृत्व पाएको छ। मुसिकोटमा आज सम्पन्न एक विशेष भेलाले जयबहादुर थापालाई क्लबको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।

बिज्ञापन

लामो समयदेखि समाजसेवा र सामाजिक अभियानहरूमा समर्पित थापालाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। क्लबका अनुसार आजको कार्यक्रमले अध्यक्ष मात्र चयन गरेको र कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको टुङ्गो भने आगामी बैठकले लगाउनेछ।

बिज्ञापन

सेवाका अभियानलाई बस्ती-बस्तीमा लैजाने संकल्प नवनियुक्त अध्यक्ष थापाले पदभार ग्रहणसँगै आफ्नो कार्ययोजना समेत सार्वजनिक गर्नुभएको छ। उहाँले लायन्स क्लबको अन्तर्राष्ट्रिय मूल्य-मान्यता अनुसार जिल्लाका दुर्गम र पिछडिएका क्षेत्रमा सेवाका हातहरू फैलाउने प्रतिबद्धता जनाउनुभयो।

विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा विद्यमान समस्याहरूलाई सम्बोधन गर्न नयाँ र प्रभावकारी कार्यक्रमहरू ल्याइने उहाँको भनाइ छ। “हाम्रो उद्देश्य समाजका विपन्न वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउनु हो,” थापाले भन्नुभयो, “विगतका अनुभवलाई समेट्दै अबका दिनमा स्वास्थ्य शिविर र शैक्षिक गुणस्तर सुधारका अभियानहरूलाई थप सशक्त बनाइनेछ।”

बिज्ञापन

सामाजिक रूपान्तरण र मानवीय सेवाका क्षेत्रमा थापाको लामो अनुभव रहेकाले उहाँको नेतृत्वमा लायन्स क्लबले रुकुम पश्चिममा नयाँ गति लिने विश्वास स्थानीय र क्लबका सदस्यहरूले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च