मुसिकोट, रुकुम पश्चिम — रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ साधनचौरमा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्। मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा मुसिकोट नगरपालिका १ सुन्दरबस्तीस्थित विजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुलका सञ्चालक ५२ वर्षीय हर्कसिंह भण्डारी घाइते हुनुभएको हो।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार खलंगाबाट साधनचौरतर्फ जाँदै गरेको भे ५ प ९६६४ नम्बरको मोटरसाइकलले पैदलयात्री भण्डारीलाई ठक्कर दिएको थियो। घटनाको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले घाइते भण्डारीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताउनुभयो। उहाँलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ।
बिज्ञापन
दुर्घटनामा मोटरसाइकल चालक सानीभेरी गाउँपालिका वडा नम्बर ३ खालचौर निवासी २३ वर्षीय शशिराम चदारालाई पनि सामान्य चोट लागेको छ। प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।






