EN

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन अभियान’ले आफ्ना केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई आज साँझ ५ बजेसम्म रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ। अभियानको संगठन विभागले जारी गरेको विज्ञप्तिमा तोकिएको समयसीमाभित्र रिहाइ नभए ‘वारपारको आन्दोलन’ सुरु गरिने चेतावनी दिइएको छ।

बिज्ञापन

प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो । निर्वाचनको संघारमा उनी पटक–पटक पक्राउ परेपछि अभियानले माघ २ गते भएको १२ बुँदे सम्झौताबारे पुनः स्मरण गराउँदै फागुन ७ गतेभित्र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

बिज्ञापन

अभियानले जारी गरेको पत्रमा निर्वाचनसँग सम्बन्धित अधिकारी तथा कार्यालयविरुद्ध ‘सशक्त प्रतिरोध’ गर्ने उल्लेख गरिएको छ। पत्रमा सवारीसाधन, शैक्षिक संस्था, उद्योग–व्यवसाय र बजार पूर्ण रूपमा बन्द गराउने चेतावनी पनि दिइएको छ। साथै, १२ बुँदे सम्झौता कार्यान्वयन नभएमा अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरिने तयारी रहेको जनाइएको छ।

पत्रमा लेखिएको छ, ‘साथै, दलाल निर्वाचन अधिकृतहरु र उनका परिवार, सबै निर्वाचन बुथ, जिल्ला निर्वाचन कार्यालय र अधिकृतहरु केन्द्रीत सशक्त प्रतिरोध गर्दै जस्ताको तस्तै जवाफ दिने आन्दोलन गर्न निर्देशन गर्दछौँ ।’ निर्वाचन नजिकिँदै गर्दा बढ्दो तनाव र चेतावनीपूर्ण गतिविधिले सुरक्षा निकायलाई उच्च सतर्कताको अवस्थामा राखेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च