EN

क्याक्मी, स्याङ्जा
स्याङ्जाको हरिनास गाउँपालिकामा आज युवाहरूलाई लक्षित गरी “पर्यटनका लागि युवा शक्ति: डिजिटल साक्षरता सम्बन्धी एक दिने तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। “घुमौँ हरिनास: प्रविधिमा युवा, पर्यटनमा हरिनास” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा प्रविधिको प्रयोगलाई जोड दिएको छ।
हरिनास गाउँपालिका वडा नं. ६ स्थित क्याक्मी सभाहलमा आयोजित उक्त तालिममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई सामाजिक सञ्जाल र डिजिटल माध्यमको सही प्रयोग गरी हरिनास क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार-प्रसार कसरी गर्ने भन्नेबारे प्रयोगात्मक जानकारी गराइएको थियो।
देवानि मिडिया हाउस प्रा. लि. बुढानीलकण्ठ, काठमाडौंको आयोजनामा सम्पन्न भएको यस कार्यक्रमलाई हरिनास गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो। कार्यक्रमको सहजीकरण ‘घुमौँ हरिनास अभियान’ले गरेको थियो भने मिडिया पार्टनरको रूपमा नगरपाटी डटकम रहेको थियो।
कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा पर्यटन विकासका लागि डिजिटल साक्षरता अपरिहार्य रहेको र युवाहरूले आफ्नो हातमा रहेको प्रविधिलाई गाउँको समृद्धिमा लगाउनुपर्ने कुरामा जोड दिएका थिए। तालिम समापनसँगै सहभागी युवाहरूले हरिनासको पर्यटनलाई विश्वमाझ चिनाउन आफूहरू सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च