EN

टिमुरे, रसुवा नेपालमा पछिल्लो समय नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढिरहेको छ। यसै गम्भीरतालाई मध्यनजर गर्दै सरकारले माघ महिनालाई ‘नसर्ने रोग (NCD) स्क्रिनिङ महिना’ को रूपमा मनाइरहेको छ। यसै अभियान अन्तर्गत आज मिति २०८२ माघ २३ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा टिमुरे स्वास्थ्य चौकीले एक विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

टिमुरेस्थित श्री श्रीनाथ गणको पोष्टमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सुरक्षाकर्मीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। नसर्ने रोगहरूको समयमै पहिचान, रोकथाम र व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा सैनिक जवान तथा अधिकारीहरूको रक्तचाप, मधुमेह (सुगर) लगायतका आधारभूत स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

बिज्ञापन

बढ्दो कार्यव्यस्तता र तनावपूर्ण जिम्मेवारीका बीच सुरक्षाकर्मीहरूमा हुनसक्ने उच्च रक्तचाप र मधुमेह जस्ता ‘साइलेन्ट किलर’ रोगहरूलाई सुरुवाती अवस्थामै पत्ता लगाउन यो स्क्रिनिङले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा स्वास्थ्यकर्मीहरूले खानपानमा सुधार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीका बारेमा समेत परामर्श दिएका थिए।

गोसाईकुण्ड गाउँपालिकाले माघ महिनाभरि नै पालिकाका विभिन्न क्षेत्रमा यसरी नै स्क्रिनिङ अभियानलाई निरन्तरता दिने लक्ष्य राखेको छ। आजको कार्यक्रमले सीमा सुरक्षामा खटिएका राष्ट्रसेवकहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याएको भन्दै स्थानीय स्तरमा यसको प्रशंसा समेत गरिएको छ।

बिज्ञापन

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of one or more people, chess and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च