
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकले नेपालमा कन्टेन्ट मोनेटाइजेशन सुविधा औपचारिक रूपमा सुरु गरेको छ। यससँगै नेपाली कन्टेन्ट क्रिएटर, अनलाइन पत्रकार तथा डिजिटल मिडिया संस्थाहरूले आफ्ना सामग्रीमार्फत आम्दानी गर्न सक्ने भएका छन्।
Advertisement 1
फेसबुक कन्टेन्ट मोनेटाइजेशन अन्तर्गत प्रयोगकर्ताले तयार पारेका भिडियो वा अन्य डिजिटल सामग्रीमा विज्ञापन राखिनेछ। सो विज्ञापनबाट प्राप्त आम्दानीको निश्चित अंश सामग्री निर्माणकर्ताले पाउने व्यवस्था गरिएको छ।
क्रिएटर र पत्रकारलाई अवसर
यस सुविधाले नेपालका कन्टेन्ट क्रिएटरलाई आफ्ना भिडियो, ब्लग तथा मनोरञ्जनात्मक वा शैक्षिक सामग्रीलाई स्थायी आम्दानीको स्रोत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, अनलाइन मिडिया तथा पत्रकारहरूले समाचार, रिपोर्ट र इन्टरभ्युहरू फेसबुकमार्फत प्रकाशन गरी अतिरिक्त आम्दानी गर्न सक्नेछन्।
Advertisement 2
विशेषज्ञहरूका अनुसार यस कदमले नेपालमा डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान पुर्याउने छ भने युवाहरूलाई डिजिटल रोजगारीतर्फ आकर्षित गर्ने सम्भावना रहेको छ।
कसरी जाँच गर्ने?
फेसबुक कन्टेन्ट मोनेटाइजेशनको लागि आफू योग्य (eligible) छ कि छैन भनेर Facebook Creator Studio वा Meta Business Suite मार्फत सजिलै जाँच गर्न सकिन्छ।
Advertisement 3
-
फेसबुकमा गएर Professional Dashboard (Page Settings) मा जानुपर्छ।
-
त्यहाँ Monetization eligibility भन्ने विकल्प देखिनेछ।
-
सोही खण्डमा गएर आफ्नो पेज मोनेटाइजेशनका लागि योग्य छ वा छैन भन्ने जानकारी प्राप्त गर्न सकिन्छ।
यदि पेजले फेसबुकले तोकेको मापदण्ड (जस्तै– Community Standards पालना, १० हजारभन्दा बढी फलोअर्स, भिडियो घण्टा वाच टाइम आदि) पूरा गरेको छ भने, मोनेटाइजेशनका लागि आवेदन दिन सकिन्छ।
फाइदा र चुनौती
कन्टेन्ट मोनेटाइजेशनले क्रिएटरलाई आर्थिक लाभ दिने मात्र नभई गुणस्तरीय सामग्री निर्माणमा पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। तर यससँगै फेक न्यूज, क्लिकबेट सामग्री तथा तीव्र प्रतिस्पर्धा जस्ता चुनौतीहरू समेत देखा पर्न सक्ने विज्ञहरूको भनाइ छ।
मुख्य फाइदाहरू
-
आर्थिक स्वतन्त्रता: कन्टेन्ट क्रिएटरहरूले आफ्ना सामग्रीमार्फत प्रत्यक्ष फेसबुकबाटै आम्दानी गर्न सक्नेछन्।
-
स्थानिय तह वा अन्य विज्ञापनदाताको भरपर्नु नपर्ने: अघिसम्म अनलाइन पत्रकार र कन्टेन्ट क्रिएटरहरूले प्रायः स्थानीय तह, व्यवसायी वा संस्थागत विज्ञापन खोज्नुपर्ने अवस्था थियो। अब भने प्रत्यक्ष फेसबुकबाटै आम्दानी हुने भएकाले सामग्री निर्माण स्वतन्त्र र व्यावसायिक बन्नेछ।
-
गुणस्तरीय सामग्रीमा लगानी: आम्दानीको स्रोत बनेपछि क्रिएटरहरूले अझ गुणस्तरीय र सिर्जनात्मक सामग्री तयार गर्न सक्नेछन्।
-
पत्रकारिता र पारदर्शिता: अनलाइन पत्रकारितामा विज्ञापनको दबाब कम हुने भएकाले समाचार अझ स्वतन्त्र र निष्पक्ष बन्ने सम्भावना रहनेछ।
निष्कर्ष
नेपालमा सुरु गरिएको फेसबुक कन्टेन्ट मोनेटाइजेशन सुविधा डिजिटल मिडिया र पत्रकारिताका लागि ऐतिहासिक अवसर मानिएको छ। यसबाट सिर्जनात्मकता र समाचारलाई आम्दानीसँग जोड्दै सामग्री निर्माणको नयाँ अध्याय सुरु हुने विशेषज्ञहरूले बताएका छन्।


