Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्री बालेन शाहले ८१औँ UN महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन्।

    न्यूयोर्कमा आयोजना हुने महासभामा प्रधानमन्त्री शाहसहित १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय भेटवार्ता हुने अपेक्षा गरिएको छ।

    Advertisement

    महासभामा नेपालले अन्तर्राष्ट्रिय शान्ति, विकास, जलवायु परिवर्तन, दिगो विकास तथा नेपालका प्राथमिकतासँग सम्बन्धित विषयहरू उठाउने तयारी गरेको छ।

    प्रधानमन्त्रीको भ्रमणलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय कूटनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूसँग भेटघाट र छलफल हुने बताइएको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »