बुटवल, २० माघ
बिज्ञापन
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि माघ २१ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा बिदा रहने जानकारी गराएको हो।
बिज्ञापन
मन्त्रालयका अनुसार प्रदेश स्थापना दिवसलाई औपचारिक र मर्यादित रूपमा मनाउन यो निर्णय गरिएको हो। वि.सं. २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको ऐतिहासिक दिनको सम्झनामा लुम्बिनी प्रदेशले हरेक वर्ष माघ २१ लाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।
यस अवसरमा प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लगायत विभिन्न स्थानमा विशेष समारोह र कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको छ। सरकारले स्थापना दिवसलाई उत्सवका रूपमा मनाउन र प्रदेशवासीलाई सहभागी हुन समेत आग्रह गरेको छ।






