EN

स्याङ्जा: शिक्षा विकास तथा समन्वय एकाइ, स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूको समग्र शैक्षिक अवस्था सुधारका लागि विद्यालय अनुगमन तथा पेसागत सहायता कार्यक्रम सञ्चालन गरिएको छ। सोही कार्यक्रम अन्तर्गत हालै बिरुवा गाउँपालिकास्थित विभिन्न सामुदायिक विद्यालयहरूमा पुगी विद्यालयको शैक्षिक पक्षको सूक्ष्म अनुगमनका साथै कक्षा अवलोकन गरिएको छ।

बिज्ञापन

यस पटकको अनुगमन परम्परागत निरीक्षणमा मात्र सीमित नभई विषय विज्ञसहितको टोलीद्वारा प्रत्यक्ष कक्षा कोठामा पुगेर शिक्षण सिकाइ क्रियाकलापको अवलोकन गरिएको छ। कक्षा अवलोकनका क्रममा विषय विज्ञहरूले शिक्षकहरूलाई विषयगत शिक्षणमा आइपर्ने कठिनाइहरू समाधान गर्न ‘अन-द-स्पट’ प्राविधिक सहयोग र पेसागत सहायता (Pedagogical Support) प्रदान गरेका छन्।

बिज्ञापन

अनुगमन टोलीले विद्यालयको प्रशासनिक पक्ष, विद्यार्थीको उपस्थिति, शैक्षिक वातावरण र उपलब्ध स्रोत साधनको प्रयोगका बारेमा पनि जानकारी लिएको छ। शिक्षकहरूको शिक्षण शैलीलाई अझ प्रभावकारी र बालमैत्री बनाउनका लागि आवश्यक सुझावहरू दिइएको छ। यस्तो प्रत्यक्ष सहयोगले शिक्षकहरूको मनोबल उच्च हुने र शिक्षण सिकाइ प्रक्रियामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

सो अनुगमनका क्रममा शिक्षा क्षेत्रका पदाधिकारीहरू, विषय विज्ञहरू र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा खिचिएका तस्बिरहरूमा शिक्षक र विज्ञहरूबीचको शैक्षिक अन्तर्क्रिया र कक्षा कोठाको सक्रिय वातावरण देख्न सकिन्छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च