EN

कैलालीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका– १ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महिन्द्रा कोरेक्स गाडी र विपरीत दिशातर्फ गइरहेको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बिज्ञापन

दुर्घटनामा परी मोटरसाइलल चालक सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीया इप्सा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिज्ञापन

गाडीमा सवार जिल्ला कैलारी– ७ बस्ने ५० वर्षीय तारा चौधरी घाइते छन् । अन्य दुई जना समान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । गाडी चालक कैलारी– ७ का वडा अध्यक्ष ४० वर्षीय दीपेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०८:३६

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च