EN

स्याङ्जा । “शान्ति, सचेतना र एकता, सामाजिक विकासमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ स्याङ्जाको हरिनास गाउँपालिका–६ मा १७औँ वार्षिक उत्सव तथा माघे संक्रान्ति मेला–२०८१ आयोजना हुने भएको छ । श्री लाङ्घाली एकता युवा क्लबको आयोजनामा हुने यस कार्यक्रममा ‘भव्य र सभ्य सांस्कृतिक नृत्य धमाका’ मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ ।

बिज्ञापन

यस मेलामा चर्चित लोक गायक धन नारायण मानन्धरको विशेष सांगीतिक प्रस्तुति रहनेछ । क्लबले स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले नृत्य प्रतियोगितामा कौरा, सालैजो, झ्याउरे, मारुनी र नचरी जस्ता मौलिक लोक संगीतलाई मात्र प्राथमिकता दिएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीलाई ३,००० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बिज्ञापन

प्रतियोगितामा सहभागी हुनका लागि क्लब, आमा समूह वा विद्यालयहरूले पुस ३० गतेभित्र आफ्नो समूहको नाम र विवरण दर्ता गराइसक्नुपर्नेछ । कार्यक्रममा सहभागी हुने कलाकारले एउटा समूहबाट मात्र नृत्य गर्न पाउने र आफ्ना लागि आवश्यक गीत आफैँ व्यवस्था गर्नुपर्ने नियम क्लबले सार्वजनिक गरेको छ । सीमित ५ वटा टिमलाई मात्र स्थान दिइने भएकाले ‘पहिले दर्ता गर्नेलाई प्राथमिकता’ दिइने आयोजकको भनाइ छ ।

दर्ता भएका समूहका अतिरिक्त इच्छुक व्यक्तिहरूले एकल तथा युगल नृत्य समेत प्रस्तुत गर्न पाउनेछन् । कार्यक्रमको विस्तृत जानकारीका लागि क्लबका अध्यक्ष सुनिल आले र नृत्य सम्पर्क व्यक्ति प्रकाश रानाले समन्वय गरिरहेका छन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च