स्याङ्जा, २२ पुस (२०८२) । स्याङ्जाको हरिनास गाउँपालिका–५, भुरुङसिङमा माघे संक्रान्तिको अवसर पारेर ‘वडा स्तरीय महिला भलिबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। स्थानीय सिस्टरहुड युथ क्लब (स्थापना २०८१) को आयोजनामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
बिज्ञापन
प्रतियोगिताको तालिका र पुरस्कार क्लबले सार्वजनिक गरेको तालिका अनुसार माघ १ गते प्रतियोगिताको भव्य उद्घाटन गरिनेछ भने माघ ३ गते समापन हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २०,००० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, द्वितीय हुनेले रु १५,००० र तृतीय हुनेले रु १०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
बिज्ञापन
विधागत पुरस्कार र अतिरिक्त आकर्षण भलिबल खेलका अतिरिक्त व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई पनि ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।
प्रतियोगिताको अर्को मुख्य आकर्षणको रूपमा आमा समूहका लागि ‘घैँटो फुटाइ’ कार्यक्रम समेत राखिएको छ। घैँटो फुटाइतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ३,०००, रु २,००० र रु १,५०० पुरस्कार प्रदान गरिनेछ।
बिज्ञापन
नियम र सहभागिता प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क रु १,५०० तोकिएको छ भने दर्ताको अन्तिम मिति पुस ३० गतेसम्म रहेको छ। खेलहरू नेपाल भलिबल संघको नियमानुसार सञ्चालन हुनेछन्। आयोजकका अनुसार:
-
प्रत्येक टिममा ८ जना खेलाडी, १ प्रशिक्षक र १ म्यानेजर गरी कुल १० जना हुनुपर्नेछ।
-
वडा बाहिरका वा प्रदेश स्तरका खेलाडीहरू समावेश गर्न पाइने छैन।
-
खेलाडीहरूका लागि अनिवार्य नम्बर अङ्कित जर्सी हुनुपर्नेछ।
खेल भुरुङसिङ खेलमैदानमा सञ्चालन हुनेछ। थप जानकारीका लागि आयोजकले दशहरा थापा र सिस्तिका थापालाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ।







