EN

चित्रेभञ्ज्याङ, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले पशुपन्छीको स्वास्थ्य रक्षा र कृषकहरूको आर्थिक उन्नतिका लागि विशेष सक्रियता देखाएको छ। गाउँपालिकाको पशुसेवा शाखाको आर्थिक वर्ष २०८२-८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हरिनास गाउँपालिका वडा नं. ६ को दर्दीमा ‘पशु स्वास्थ्य शिविर’ संचालन हुन लागेको हो। गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै स्थानीय कृषकहरूलाई यस महत्वपूर्ण अवसरको लाभ उठाउन आह्वान गरेको छ।

बिज्ञापन

आगामी २०८२ साल फागुन १० गते आयोजना हुने यस शिविरमा पशुपन्छीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ। विशेष गरी ग्रामीण क्षेत्रका कृषकहरूले पालेका गाईवस्तु, बाख्रा तथा अन्य पशुपन्छीमा देखिने स्वास्थ्य समस्या समाधान गर्न यो शिविर कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। शिविरमा पशुपन्छीको स्वास्थ्य जाँचका साथै भाले तथा पोथी कुकुरहरूको बन्ध्याकरण गर्ने सुविधा समेत उपलब्ध गराइनेछ। यसले स्थानीय स्तरमा छाडा कुकुरहरूको संख्या नियन्त्रण र रेबिज जस्ता रोगको न्यूनीकरणमा समेत सहयोग पुग्ने देखिन्छ।

बिज्ञापन

स्वास्थ्य शिविरमा प्राविधिकहरूद्वारा पशुहरूको गर्भ परीक्षण गर्ने सेवा पनि प्रदान गरिनेछ, जसले गर्दा कृषकहरूले आफ्नो पशुको प्रजनन् अवस्थाबारे सही जानकारी प्राप्त गर्न सक्नेछन्। परीक्षणका क्रममा आवश्यक देखिएका औषधिहरू निःशुल्क वितरण गरिनुका साथै पशुपालनका आधुनिक तरिका र रोग नियन्त्रणका उपायहरूबारे विज्ञहरूले परामर्श सेवा समेत प्रदान गर्नेछन्। प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, दर्दी र आसपासका कृषकहरूले आफ्ना पशुपन्छीहरूको स्वास्थ्य परीक्षण गराई यो सुविधा लिन सक्नेछन्। स्थानीय सरकारले घरदैलोमै पुगेर प्रदान गर्न लागेको यस्तो सेवाले पशुपालनलाई व्यवसायिक बनाउन लागेका कृषकहरूमा थप उत्साह जगाएको छ।
May be an image of text

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च