अर्जुन कुमार बिष्ट रुकुम पश्चिम, २० माघ ।
बिज्ञापन
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मादक पदार्थ सेवन गरी बाटोबाट लड्दा एक व्यक्तिको ज्यान गएको छ। त्रिवेणी गाउँपालिका वडा नं. १० टोट्के बस्ने ४८ वर्षीय विनोद वलीको उपचारका क्रममा मृत्यु भएको हो।
बिज्ञापन
घटनाको विवरण
प्रहरीका अनुसार मंगलबार अपराह्न करिब १६:०० बजेको समयमा गाउँबाट घर फर्किने क्रममा वली बाटोबाट करिब १० मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो। अत्यधिक मादक पदार्थ सेवन गरेका कारण सन्तुलन गुमाउँदा उहाँ दुर्घटनामा पर्नुभएको प्रारम्भिक अनुमान गरिएको छ।
बिज्ञापन
उपचार र मृत्यु
घाइते वलीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका वलीको अवस्था चिन्ताजनक रहेको थियो। अस्पतालमा उपचारकै क्रममा साँझ ७:३० बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी जानकारी
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, अस्पतालमा खटिएका प्रहरी कर्मचारीले साँझ १८:०० बजे नै घटनाबारे जानकारी गराएका थिए। घटनास्थल प्रहरी चौकी नुवाकोटबाट करिब १२ किलोमिटर उत्तरमा पर्दछ। मृतकको साथमा उहाँकी श्रीमती निमा वली रहनुभएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ।






