EN

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिममा मतदान स्थलहरूको अनुगमन कार्यलाई निकै तीव्रता दिइएको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको नेतृत्वमा जनप्रतिनिधि, नागरिक समाज, सुरक्षा निकाय र अन्य सरोकारवालाहरूको सहभागितामा जिल्लाभरका मतदान स्थलहरूको निरीक्षण भइरहेको हो। हालसम्म जिल्लाका सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा रहेका २५ वटा मतदान स्थलको अनुगमन सम्पन्न भइसकेको छ भने आगामी केही दिनभित्रै आठबिसकोट नगरपालिकाका मतदान स्थलहरूको पनि अनुगमन गर्ने तयारी गरिएको छ। विशेषगरी मत पेटिका ढुवानीका लागि सडकको पहुँच, मतदान स्थलको भौतिक संरचना र सुरक्षा संवेदनशीलतालाई मुख्य प्राथमिकतामा राखेर अनुगमन भइरहेको प्रजिअ थानीले जानकारी दिनुभएको छ।

बिज्ञापन

​यस प्रक्रियामा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूसँग सुरक्षा सुधारका लागि निरन्तर छलफल भइरहेको छ भने स्थानीय बासिन्दा र राजनीतिक दलहरूसँग पनि निर्वाचनको समग्र अवस्थाका बारेमा अन्तरक्रिया भइरहेको छ। जिल्लाका कुल ७६ वटा मतदान स्थलहरूलाई सुरक्षाका दृष्टिकोणले वर्गीकरण गरिएको छ, जसमा शान्ति सुरक्षा, दलहरूको प्रतिस्पर्धा र आवागमनको सहजतालाई आधार मानिएको छ। यस वर्गीकरण अनुसार २१ वटा मतदान स्थललाई अति संवेदनशील, ४३ वटालाई संवेदनशील र १२ वटालाई सामान्य सूचीमा राखिएको छ। जिल्लाका ७६ मतदान स्थल अन्तर्गत कुल १४० वटा मतदान केन्द्रहरू रहेका छन् र ती सबै स्थानमा अवस्था अनुसारको कडा सुरक्षा प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च