EN

रुकुम पश्चिम – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा मतदाताको अन्तिम नामावली टुङ्ग्याइएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कुल मतदाताको संख्या १ लाख ६ हजार ६ सय ६० पुगेको छ।

बिज्ञापन

मतदाताको बनोट र अद्यावधिक विवरण जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालको निर्वाचन यता जिल्लामा २ हजार ३ सय ८० नयाँ मतदाता थपिएका छन्। पछिल्लो पटक असोज १० देखि मंसिर ५ गतेसम्मको अवधिमा यी मतदाता दर्ता भएका हुन्। यसैबीच, नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्याग गरेका १ हजार ९ सय ८८ जनाको नाम सूचीबाट हटाइएको छ।

बिज्ञापन

लैंगिक आधारमा हेर्दा जिल्लामा पुरुष मतदाताको संख्या बढी छ। कुल मतदातामध्ये ५४ हजार २ सय ६३ पुरुष, ५२ हजार ३ सय ९६ महिला र १ जना अन्य रहेका छन्।

स्थानीय तहगत अवस्था र मतदान केन्द्र जिल्लाका ६ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता मुसिकोट नगरपालिकामा रहेका छन्। मुसिकोटमा २३ हजार ३ मतदाता छन् भने आठबिसकोट नगरपालिकामा २१ हजार १ सय १० र चौरजहारी नगरपालिकामा १९ हजार १ सय ३५ मतदाता कायम गरिएको छ।

बिज्ञापन

गाउँपालिका तर्फको विवरण यस्तो छ:

  • सानीभेरी गाउँपालिका: १४ हजार ८ सय ७६ मतदाता

  • त्रिवेणी गाउँपालिका: १४ हजार ५ सय ६ मतदाता

  • बाँफिकोट गाउँपालिका: १४ हजार ३० मतदाता

निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाका ७३ वटा वडामा ७६ मतदान स्थल र १ सय ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ। आगामी फागुन २१ गते हुने मतदानका लागि निर्वाचन कार्यालयले सुरक्षा र व्यवस्थापकीय तयारीलाई तीव्र पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च