EN

तनहुँको व्यास नगरपालिका-५ मा रहेको मानुङकोट पहाडको नाम मात्र होइन, एउटा स्वर्गको टुक्रा हो । स्वर्गको अनुभुति गर्न जाडो मौसमामा मानुङकोट पहाड जानु पर्दछ । बिहान सबेरै जब सूर्यको किरणले हिमाललाई चुम्बन गर्दा, बादलले दमौली बजारलाई ढाकेको दृश्य देख्दा हामी कतै स्वर्गको ठाउँमा आएको अनुभुती गर्न सक्दछौ ।

बिज्ञापन

बिज्ञापन

मानुङकोट पहाडको सौन्दयतालाई शब्दमा मात्र बर्णन गर्न खोज्नु पयाप्त हुदैन । मानुङकोट बाट मनमोहक सूर्यदय, सूर्यास्त र अन्नपुर्ण हिमश्रीखलाहरुको दृश्य अवलोकन गर्न उपयुक्त गन्तब्य हो । जब सूर्यको घाम डुब्दै जान्छ र बिस्तारै चम्कीदै गइरहेको दमौली बजार, आफ्नो गन्तब्यमा गइहेको सवारी साधनहरुको दृश्यहरु अवलोकन गद्र्रा आफै प्रकृतीमा हराएको अनुभब हुन्छ ।

मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो

बिज्ञापन

ओझेलमा परेको मनुङकोट अहिले सामाजिक संजालको प्रभाब कारण आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन दिनदिनै बढ्दै गइरहेको छ ।

तनहु जिल्लाको दमौली बजारको दक्षिण पश्चिमा मानुङकोट पहाड अवस्थित छ । समुन्द्री सतहबाट १०८० मिटर माथी उचाइमा अवस्थित छ र काठमाडौँबाट १५० किलोमिटर र पोखराबाट ४३ किलोमिटर दुरी रहेको छ ।

Photo of clouds

पूथ्वी राजमार्गबाट मनुङकोट पहाड पुग्न करिब ३० मिनेटको सवारी साधनको यात्रा गरेर पुग्न सकिन्छ । मानुङकोटमा पर्यटकहरुको आगमन हुनु भन्दा पहिले खानेपानीको अभाबका कारण गाउँलेहरु तल दमौली बजार बसाइ सरेर गएका थिए।

मानुङकोट आन्तिरीक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेपछि गाउँ छोडेर गएका गाउँलेहरु बिस्तारै फर्किएर नयाँ होटेल तथा चिया पसलरु खोल्न गर्न थालेका छन । गाउँलेहरुमा पर्यटकहरुको आगमनसँगै आय स्रोत बढ्ने आशा पलाएको छ । अहिले गाउँलेहरुले टयान्करको माध्यमबाट खानेपानीको ब्यवस्थापन गरेका छन ।

Photo of clouds

अन्य बिकासका पुर्बाधारहरु पनि निर्माण हुँदै गएका छन । दृश्य अवलोकन गर्न भ्यु टावरको निर्माण भइसकेको छ । तल पूथ्वी राजमार्गदेखि माथिसम्म कालोपत्रे सडक निमार्ण भइरेको छन, जसले गर्दा यात्रा सहज र खानेपानीको ढुवानी सम्भब भएको छ । मानुङकोटमा पर्यटकहरु रात बस्नको लागि होटेलहरु खुलेका छन र बाहिर क्याम्पिङ बस्न चाहनेहरुका लागि क्याम्पिङ सुविधा उपलब्ध रहेको छ ।पर्यटकहरुले स्थानिय परम्परागत उत्पादन भएको खानाको स्वाद लिन सक्छन । छोटो समयको रिफ्रेसमेन्टको लागि कुनै नयाँ रमणीय ठाँउ जाने खोजिरहनु भएको छ भने मनुङकोट पहाड गन्तब्य बन्न सक्छ ।

Photo

Photo

Photo of clouds

Photo

 

Photo of clouds

Photo of nature

Photo of clouds

Photo of clouds

Photo of clouds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च