काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।



पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपया भएकाे छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ । अब उपभोत्ताले प्रतिसिलिन्डर १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।











