काठमाडौं । बिगत १० वर्षदेखि अमेरिका बस्दै आएका मिलन गुरुङ समाजसेवामा सानै अग्रसर थिए ।

कसैलाई अप्ठेरो पर्दा दिनरात नभनी सहयोग गर्थे गुरुङ्ग । नेपालमा पनि धेरै नै सहयोग गरेका उनि अहिले अमेरिका बसोबास गर्दै आएपनि अहिले पनि नेपालमा पनि सहयोग गर्दै आएका छने ।

आफ्नो लागि भन्दा पनि अरुको लागि धेरै सोच्ने उनि अहिले एक “Untold Story” नामक कार्यक्रम मार्फत धेरै लाई सहयोग गरिराखेका छन् । जुन कार्यक्रमले गरीब, दुःखी जो सडकमा र अप्ठ्यारोमा परेका छन् उनीहरुलाई सहयोग गर्ने उद्देश्यले खोलिएको हो । यस कार्यक्रम उनकै “मिलन गुरुङ” अफिसियल युवटुव च्यानल मार्फत आउने गर्छ ।

यो कार्य आफु नमरिन्जेलसम्म गर्ने बारे उनले जानकारी दिए । केहि काम गर्न एक्लै सम्भव नहुने भएकाले नेपालमा उनले एउटा टिम स्थापना गरेका छन् जुन टिमले भिडियो बनाउनमा सहयोग गरेको छ । जसमा राजन कार्की, क्रिस कटुवाल, सन्तोष शर्मा, दुर्गा बिष्ट, अमिर तामाङ्ग, भिजे भावना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय