चितवन । सौराहा लेडि जेसिजको पद हस्तान्तरण कार्यक्रम सौराहामा सप्पन्न भएको छ।


आज सौराहामा आयोजित एक कार्यक्रमको बिच बर्ष २०२१ कि अध्यक्ष जेसि बबिता चौधरीले बर्ष २०२२ कि अध्यक्ष जेसि स्वप्ना पौडेल भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको हो।


नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसि सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जेसिज क्षेत्र ख का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसि सुनिल तिमल्सिना, जेसिज क्षेत्र ख का निरुपित उपाध्यक्ष जेसि कृष्ण बाहादुर श्रेष्ठ नेपाल जेसिजका बर्ष २०२२ माहासचिव जेसि कृष्ण सापकोटा , नेपाल जेसिजका चिफ एक्जुकेटिभ एसिस्टेन्ट जेसि सुबास पोखरेल र सौराहा लेडि जेसिजको मात्री साखा सौराहा जेसिजका अध्यक्ष बिष्णु थापा लगाएत स्थानीय संघ सस्थाका प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो।


पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले जेसि स्वप्ना भण्डारीको कार्यकलमा सौराहा लेडि जेसिजले थप उल्लेख्य कार्य गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ।
सीता अधिकारी ज्युलाई जेसिजको मानार्थ सदस्य प्रदान गरिएको उक्त पद हस्तान्तरण कार्यक्रम सौराहा लेडि जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि बबिता चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय