बिकास पौडेल
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा पाँच दलीय गठबन्धनमध्येको दोस्रो ठुलो राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) एक्लै चुनाव लड्न तयारी गरेको छ ।

माओवादी केन्द्र रत्ननगरले मेयरसहित अन्य पदहरुमा आफ्नो दलका तर्फबाट उमेदवार छनोट गरेको छ । सत्ता गठबन्धनदलहरुबीच पद बाँडबाँडमा माओवादी केन्द्रलाई अन्याय भएको भन्दै मेयर, उपमेयर, वडाध्यक्ष सहित सदस्यहरु छनोट गरेको केन्द्रका रत्ननगर कमिटि अध्यक्ष श्याम प्रसाद बरालले वताए ।

गठबन्धन भित्रका दलले रत्ननगर नगरपालिकामा ( माओवादी केन्द्र )को पार्टी सदस्य संख्या एवं जनमतको आधार मजबुत भएको वडाहरुको नेतृत्वमा वाडफाँडमा सहमति जुट्न नसक्दा एक्लै चुनाव लड्ने गरि उमेदवार छनोट गरेको नगर सचिव मेघनाथ पौडेलले वताए ।

शनिबार माओवादी केन्द्रको नगर सचिवालय वैठक वसेर उमेदवार छनोट गरि एक्लै निर्वाचनमा जाने तयारी गरेको छ । माओवादी केन्द्र ले रत्ननगरमा मेयर, उपमेयर र १६ वटै वडामा वडाध्यक्ष र सदस्यहरुको उमेदवार समेत चयन गरिसकेको सचिव पौडेलले वताए । सो पार्टीले रत्ननगरको मेयरमा राजु अम्गाई सुवोध, उपमेयरमा संगिता भटराई अघि सारेको छ ।

त्यस्तै वडा नं १ को वडाध्यक्षमा गणेश पौडेल, वडा नं २ को वडाध्यक्षमा भिम कहादुर थापा, वडा नं ३ को वडाध्यक्षमा हिमालय प्रसाद खनाल, वडा नं ४ को वडाध्यक्षमा टिकाराम तमाङ्ग, वडा नं ५ को वडाध्यक्षमा सिताराम श्रेष्ठ, वडा नं ६ को वडाध्यक्षमा खगराज खनाल, वडा नं ७ को वडाध्यक्षमा जंगीलाल चौधरी , वडा नं ८ को वडाध्यक्षमा राजेन्द्र कुमार थपलियालाई उमेदवारको रुपमा छनोट गरेको छ ।

त्यसैगरी वडा नं ९ को वडाध्यक्षमा विष्णु प्रसाद पोख्रेल, वडा नं १० को वडाध्यक्षमा विष्णु प्रसाद सुवेदी, वडा नं ११ को वडाध्यक्षमा कुल प्रसाद देवकोटा, वडा नं १२ को वडाध्यक्षमा सुन्दरमणी सुवेदी, वडा नं १३ को हरी बहादुर खड्का, वडा नं १४ को वडाध्यक्षमा विष्णु  पोख्रेल, वडा नं १५ को वडाध्यक्षमा दिल बहादुर बुढाथोकी र वडा नं १६ को वडाध्यक्षमा बुद्धिमान गुरुङलाई उमेदवारको रुपमा अघि सारिएको नगर सचिव मेघनाथ पौडेलले  वताए ।

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) रत्ननगरले मनोनयन दर्ताको पहिलो दिन भोलि आईतबार मनोनयन दर्ता गर्ने तयारी गरेको छ । यता वडा वाँडफाडका लागि गठबन्धनको वैठक पनि जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय