रत्ननगर । स्थानीय निर्वाचन नजिकिए सँगै सबै पाटीले चुनावी प्रचार प्रसार तीव्र पारेका छन ।

यसै विच केन्द्रिय गठबन्धन अनुसार चितवन रत्ननगरका कृयासिल तीन राजनैतिक दल विच गठबन्धन पक्षमा मत प्राप्त गर्ने गरि गतिविधि अगाढि वढाईने सहमति भएको छ ।

शनिबार नेपाली काँग्रेस रत्ननगरका सभापति प्रलाद सापकोटाको अध्यक्षतामा बैठक बसि सो निर्णय गरिएको छ । बैठकमा नेपाली काँग्रेसका नगर सभापति सापकोटा , काँग्रेस क्षेत्रीय सभापति किरण भुषण ओली,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष श्याम प्रसाद बराल र नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष बद्रीनाथ घिमिरे  लगायत दलका नेताहरु विच सहमति  भएको नेकपा माओवादी केन्द्रका नेता ओम प्रसाद लामिछानेले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय