• अजित अधिकारी

चितवन । गरिब भएर जन्म लिनु पनि कहिलेकाही धिकार लाग्दो रहेछ । चाहना कसलाई नहोला र रु मिठै खाँउ राम्रै लाउ भन्ने सायद सबै मानिसहरुमा हुन्छ । समाजमा सबै खालका मानिसहरू बसोबास गर्छन् । जहाँ धनी गरिब दिनदुखी समेत रहने गर्छन् । इच्छा आकाङ्क्षा सबैका उस्ताउस्तै मिल्दाजुल्दा हुन्छन् । तर नियती अनि परिस्थितिले गर्दा सबैका चाहना र सोच भिन्नभिन्न हुन पुग्छन् । भनिन्छ गाँस, बास, कपास मानिसका जन्मसिद्ध नैसर्गिक अधिकार हुन् । तरपनि मानिस यि अधिकारहरुबाट बन्चित हुन पुगेको छ ।

यि यस्ता कयौं सपनाहरु परुई खोलाको किनारमा रहेका चेपाङ्गहरुले भोगिरहेका छन् । न उनिहरुसंग बस्नको लागि राम्रो घर नै छ । न खानाको लागि राम्रो खेतबारी न त भकारीमा अन्न नै छ । यस्तै अनेकौं समस्याहरुले चेपाङ्ग समुदायहरु पिल्सिएका छन् ।

खासगरी माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिकाले घर निर्माण गर्ने भनेर प्रतिबद्धता जाहेर गरे पनि आज सम्म घर निर्माण हुन सकिरहेको छैन

। कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीहरुलाई स्थायी आवासको व्यवस्था गर्न लागिएको बताउँदै आएका माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले सुकुमबासी जनताहरुको घर निर्माण गर्न नसक्नु लज्जाको विषय रहन गएको छ ।

स्थानीय सरकारको रुपमा रहेको माडी नगरपालिकाको सहयोग एवम छिमेक समाज नेपालको समन्वयमा अस्थायीरूपमा बसोबास गरेका १४० घरधुरी भूमिहीन सुकुमबासीहरुलाई आवासको व्यवस्था गर्न लागिएको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले गत बर्ष देखिबाट नै बताउदै आएका थिए ।

साथै उनले घर निर्माणका लागि लकडाउनले पनि प्रभाव नपार्ने बताएका थिए । तर पनि नगर प्रमुख ढकालले सुकुमबासी जनताहरुको घर निर्माण गर्ने भनेको समयावधि सकिदै लाग्दापनि यसतर्फ अझै नजर पुग्न सकेको छैन ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेझैं बिगत लामो समयदेखि माडीको बाँदरझुला, कुसुमखोला लगाएतका माडीका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका सुकुमबासीहरुको समस्या समाधान नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा अयोध्याधाम निर्माण गर्छु भनि कुर्लिए ।

उता माडीलाई अयोध्याधाम निर्माण गर्ने भन्दै गर्दा, माडीमा रहेका वास्तविक भुमिहिन सुकुमबासीहरुलाई ब्यबस्थित तरिकाले जग्गा उपलब्ध गराएर राख्न नसकिएको अबस्थामा अयोध्याधाम निर्माण गर्छु भन्नुको तात्पर्य के हो रु सुकुम्बासी समस्या समाधान नगरी माडीमा पहिला गरिबको घर बनाउने कि मन्दिर रु भन्ने बिगतमा हामीले गरेको प्रश्नमा नगर प्रमुख ढकालले सरकारले यदि माडीमा रहेका सुकुमबासी जनताहरुको समस्या यथाबत राख्ने हो र समस्या समाधान नहुने हो भने म मन्दिर बनाउन सहमत छैन । यदि सरकारले मन्दिरसंगै सुकुमबासी समस्याको समाधान गर्छ भने मात्र म सहमत छु । सरकारले अयोध्याधाम निर्माण गर्ने विषयमा बैकल्पिक रुपमा सुकुमबासी समस्याको समाधान नगरी मन्दिर बनाउँदा अन्याय हुने तर्क गरेका थिए ।

मन्दिरसंगै सुकुमबासी समस्या समाधानको लागि तत्काल बैकल्पिक योजनाहरुको निर्माण गर्नुपर्ने नगर प्रमुख ढकालको बुझाई रहेतापनि चेपाङ्गले न्याय पाउन सकिरहेका छैनन् । बिगतमा नेताहरुका आश्वासनले अगाएका चेपाङ्गहरु आफ्नो घरभन्दा पहिला मन्दिर बन्दा वाक्क छन् । उसो त उनीहरुले आँफुहरुलाई केपी ओलीको सरकारले झुक्याएको बताउँछन् ।

उता नगरपालिकाले बसोबासको लागि जग्गाको छनोट गरी घर बनाउँदा चाहिने गिटी, ढुङ्गा, बालुवाआदि जनश्रमदानद्वारा घर निर्माण गरिदिने नगरपालिकाको आश्वासनको प्रतीक्षामा बस्दाबस्दै वाक्क लागेको परुई खोलाको किनारमा बस्दै आएका स्थानीय छविलाल चेपाङ्गले बताए ।

उनका अनुसार अहिलेको बर्षामा बढो आपतसंग दिनहरु बिताएको दुखेसो गरे । यस अगाडि माडी नगरपालिकाले माडीका विभिन्न स्थानहरुमा छरिएर रहेका भूमिहीन सुकुमबासी, गरिब तथा विपन्न वर्गका लागि घर निर्माणको लागि माडी नगरपालिकाको तर्फबाट १०० र छिमेक समाज नेपालले ४० गरी कुल १४० घर निर्माणको प्रक्रिया अघि बढाइएको जनाएको थियो । यसैगरी नगरपालिकाले ब्लक सिस्टमअनुसार एक घरधुरीबराबर दुई कोठाको घर र एउटा चर्पीको निर्माण गर्ने जनाएको थियो । तर अहिले सम्म काम भने हुन सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय