रत्ननगर । वैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनले यति वेला राजनैतिक माहाेल तातेकाे छ । विभिन्न राजनैतिक दल वाट उमेदवारी घाेषणा समेत भईरहेकाे छ ।
यसै विच चितवनकाे रत्ननगरमा गठवन्धन विच सहमति नहुदा अन्याेल देखा परेकाे छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विच कुरा नमिल्दा उमेदवार छनाेटमा सकस भएकाे छ ।



गठवन्धनकाे प्रमुख दल नेपाली काँग्रेसले यश अघि निर्वाचित भएकाे वडा काग्रेसले नछाेड्ने वताएकाे छ । नगर सभापति प्रहलाद सापकाेटाले समेत यश अघि निर्वाचित वडाका विषयमा कुनै सम्झाैता नहुने प्रस्ट पार्नु भएकाे छ । काग्रेस निर्वाचित वडा नछाेड्ने र माओवादी केन्द्रले धेरै वडा अध्यक्ष दावि गर्दा सहमति हुन सकस भएकाे वुझिएकाे छ ।
गठवन्धन भित्रकाे जनता समाजवादी पार्टी नेपालले मेयरसहित अन्य पदहरुमा उमेदवार छनोट गरेको छ। सत्ता गठबन्धनदलहरुबीच पद बाँडबाँडमा अन्याय भएको भन्दै मेयर, उमेयरसहित वडाध्यक्षका उमेदवार छनोट गरेको हो।












