अजित अधिकारी
चितवन । माडीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” युवाहरुको बाटो कुलत र दुर्ब्यसन होइन, चेतना संगठन र राष्ट्र निर्माण हो । भन्ने नाराका साथ माडी गोल्ड कप – २०७८ हुने भएको हो । उक्त खेल आगामी माघ १ गतेदेखि ८ गतेसम्म संचालन गरिने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा संचालित उक्त खेलको मुख्य प्रबर्द्धकमा माडी नगरपालिका र युवा खेलकुद तथा साँस्कृतिक समिति माडी रहेको छ । भने अर्को प्रबर्द्धकको रूपमा चितवन जिल्ला फुटबल संघ रहेको छ ।

खेलमा काठमाडौं, पोखरा, झापा, बीरगंज, सिन्धुली, सर्लाही अनि चितवन सहित ८ टिमको प्रतिस्पर्धा रहने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार, प्रथम पुरस्कार रु. २ लाख ५० हजार, द्वितिय पुरस्कार रु. १ लाख २५ हजार, म्यान अफ द म्याच रु. ५ हजार, बेस्ट गोलकिपर रु. १० हजार, बेस्ट डिफेन्स रु. १० हजार, बेस्ट सिल्ड फिल्ड रु. १० हजार, सर्बाधिक गोलकर्ता रु. १२ हजार, सर्बोत्कृष्ट खेलाडी रु. १५ हजार, नबप्रतिभाशाली खेलाडी रु. ६ हजार, बेस्ट कोच रु. ६ हजार र फेयर प्ले टिम रु. १० हजार र साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल बसन्तपुर बजारको खुल्ला खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय