ठाेरी । ठोरी १ मा रहेको बृद्ध बृद्धा तथा असहाय आश्रमलाई थापा परीवारले कपडा धुने मेसीन र खाघन्न वितरण गरेका छन् । ठोरी २ निवासी सुदीप थापाले आफ्नो बुबा भरत बहादुर थापा र छोरा रोजदिप थापाको जन्मउत्सबको अवसर पारेर आश्रममै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ‌।

कार्यक्रममा बोल्दै थापाले बृद्ध आश्रममा अशक्त हरुलाई कपडा धुन र खाना पकाउन समस्या रहेको जानकारी पाएपछी सो आधुनीक मेसीन हस्तानतरण गरेको बताए । कार्यक्रममा स्थानीय युवा ब्यवसाही तथा समाजसेवी धिर सीहँ घिमीरेले संस्था संचालनको कठीनायीमा सधै सबै मलहम बनेर उपस्थीती हुनुपर्ने बताए ‌।

कार्यक्रममा बोल्दै ठोरी १ का वडा अध्यक्ष राम प्रकाश कुवँरले अशक्तको आश्रममा बिभीन्न तवरबाट सहयोग हुन सरानिय बिषय रहेको बताउदै आफुले संस्थाको दिर्घकालिन हित र संरक्षणका लागी पटक पटक सम्बन्धित निकयमा प्रस्ताव लगेको बताए ‌।

कार्यक्रममा बृद्ध बृद्धा तथा असहाय आश्रमका संचालक आश बहादुर गुरुङले आफु बृद्ध हुदै गईरहेको अवस्थामा यो संसथालाई कसरी अगाडी बढाउने भन्ने चिन्ता बढ्दै गएको जानकारी दिए । हाल आश्रममा बिभीन्न उमेर समुहका २० जना भन्दा बढी अशक्त ब्यक्ती संरक्षीत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय