भरतपुर/फेशन र मोडलिङको क्षेत्रमा व्यवसायिक रुपमा काम गर्दैै आएको कसमस इभेन्टले युवायुवतीहरुमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्य अनुरुप शनिबार आईल्याण्ड जंगल रिसोर्टमा फेशन फरवार्ड चितवन २०२१ को पहिलो अडिसन सम्पन्न गरेको छ ।

कसमस इभेन्टकी प्रमुख कार्यकारी निर्देशक रिजु श्रेष्ठको संयोजनमा सम्पन्न पहिलो अडिसनमा जिल्लाभरीबाट ३० जनाको सहभागिता रहेको थियो ।
अडिसनमा लामो समयदेखि मोडलिङ र फेशनको क्षेत्रमा आफ्नो अनुभव सम्हाल्नु भएका युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठ प्रमुख निर्णायकको भूमिका रहनुभएको अडिसनमा बरिष्ठ एवम् चर्चित सञ्चारकर्मी राजु भट्ट र मिस राइजिङ चितवन २०२१ की बिजेता आयुसा चापागाई निर्णायकको भूमिकामा रहनु भएको थियो ।




अडिसनबाट सेलेक्ट भएका प्रशिक्षार्थीहरुलाई इन्डोर र आउटडोर फोटोशुट, सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु, व्यक्तित्व विकासका कक्षहरु उपलब्ध गराईने कसमस इभेन्टकी निर्देशक विपना घलेले जानकारी दिनुभयो ।

कसमस फोटोग्राफीका फोटोग्राफर सुजन अधिकारीले अडिसनको छायाँकन गरेको प्रतियोगितामा वविन गिरी, प्रकृति महत्तो, सुनिल विश्वकर्मा, अनिल खत्री, सरिता परियार, पवन श्रेष्ठले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।
अडिसन पछि नविन विश्वकर्मा र शैलेस क्षेत्रीले प्रतियोगिताको कोरियोग्राफर गर्ने कसमस इभेन्टकी प्रमुख कार्यकारी निर्देशक रिजु श्रेष्ठले बताउनुभयो ।











