चितवन । पर्यटकीय नगरी सौराहामा रहेको रेष्टुरेन्ट व्यवसायीहरूको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन९रेवान०सौराहाको अध्यक्ष नरेश गिरी चयन भएका छन् । मंगलवार सौराहामा सम्पन्न १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा अर्जुन चौधरी,द्धितीय उपाध्यक्ष कपिल रेग्मी,तृतीय उपाध्यक्ष कृष्ण भट्ट, महासचिव सुर्य बहादुर रिमाल, सचिव शम्भू माली, कोषाध्यक्ष गोपीकृष्ण विडारी, सहकोषाध्यक्ष राजेशकुमार तामाङ चयन भएका छन् ।
सदस्यहरुमा कुमार जोशी, बीरबहादुर तामाङ, देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, अम्बिका कँडेल भट्ट, धर्मराज न्यौपाने, शालिकराम रिजाल, रामकुमार गुरौं चयन भएका छन । अधिवेशनले लेखा समितिको संयोजकमा रमेश अधिकारीलाई चयन गरेको छ ।

अधिवेशनले ध्रुव गिरीलाई सौराहा फुडफेष्टिकलको संयोजक,नविन नेपाललाई सहसंयोजक र कलाकार संयोजकमा राजेश कुमार तामाङलाई चयन गरेको छ । निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष बलराम दाहालले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

साधारण सभाले आर्थिक तथा प्रगति प्रतिवेशन पारित गरेको अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेवान सौराहाले झुवानी,बछौली,मालपुर र चित्रसारी माविका २० जना विद्यार्थीलाई स्कुल पोसाक र स्टेशनरी तथा मानब सेवा आश्रमलाई भवन निर्माणको लागि ५५ हजार ५५५ रुपैया प्रदान गरेको छ ।

कार्यक्रममा रेवना सौराहाका संस्थापक अध्यक्ष बलराम दाहाल सहित पूर्व अध्यक्षहरु पुरुषोत्तम श्रेष्ठ,सुवासचन्द्र गौतम,राजन दाहाल,सीताराम कुमाल र गोकर्ण गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा जालपेनु रेष्टुरेन्टलाई रेष्टुरेन्ट सम्मान तथा १४औं फेष्टिबलमा उत्कृष्ट काम गरेका रमेश भट्ट र १५औैं फेष्टिबलमा उत्कृष्ट काम गरेका राजेशकुमार तामाङलाई सम्मान गरिएको छ ।

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नारायण वन,रेवानका केन्द्रीय अध्यक्ष अरनिकोराज भण्डारी, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,केन्द्रीय उपाध्यक्ष गोकर्ण गिरी,वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,सौराहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकुमार अर्याल,रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी,रेवानका महासचिव कृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय