अजित अधिकारी
चितवन । सुनचाँदी व्यवसायी संघ माडी शाखाको तेश्रो साधारण सभा तथा तेश्रो अधिबेशनकाे उद्घाटन सत्र बुधबार सकिएको छ ।

सुनचाँदी व्यवसायी संघ माडीका अध्यक्ष कृष्ण गोतामेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष अर्जुन रसाइली रहेका थिए । बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा भएको कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै रसाइलीले सरकारले सुनचाँदी ब्यबसायीको हक हित र अधिकारको लागि अझैपनि शुनिश्चितता गर्न नसकेको आरोप लगाएका थिए । साथै उनले, पेशागत हक हित र अधिकारका लागि आँफुहरुले निरन्तर आवाज उठाएको बताए ।

बिडम्बना १७ अरबको सुन आउँदा बिरोध गर्ने तर ३० अरबको मोबाइल फोन आउँदा समेत मौन बस्ने परिबृतीलाई कटाक्ष गर्दै, नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष रसाइलीले यस्तो बताएका हुन् । पेशागत हकहित र अधिकारसंगै महिलाहरुका अधिकारका विषयकमा समेत समान हकको प्रत्याभूति गराउन महासंघ तत्पर रहेको जिकिर गरे ।

पेशामा देखिएको कालोबजारीको अन्त्यगर्दै समुन्नत र शुन्दर पेशाको निर्माणमा लाग्नु अहिलेको अपरिहार्य आबश्यकता रहेको बताए । पेशागत अधिकारका विषयकमा २०५९ सालदेखि ०६६ साल हुँदासम्म जुन प्रणाली स्थापित भएको थियो । त्यो प्रणाली नै संसोधन हुनुपर्ने उनको तर्क थियो ।

सुनको बितरण प्रणाली प्रदेश स्तरबाट हुनुपर्नेमा यस्तो नहुनु दुर्भाग्य भएको बताए । चितवन जिल्ला पेशाका रुपले मात्र अग्रणी नभई सबै विषयमा पोख्त भएको हुँदा ब्यापारीक केन्द्रसंगै अन्य व्यावसायिक मार्ग निर्माणको लागि लाग्नुपर्ने र आन्तरिक राजस्व र सम्पत्ति शुद्धीकरणमा अनुगमन हुनुपर्नेसंगै देशभरी नै कम्तिमा १०० जनाको टिम बनाएर राजस्व खरिद बिल, बिदेशबाट आएका सामानहरुको बिल, खरिद तथा बिक्री बितरणका बिल लगाएतका विषयकमा प्रशिक्षण दिनुपर्ने पहिलो आबश्यकता रहेको उनको बुझाई थियो ।

यो संगै राज्यका नितिनियममा बसेर पालना गर्नुपर्ने नियमका बारेमा समेत कार्यक्रममा सहभागी सुनचाँदी ब्यबसायी संघमा आबद्ध पदाधिकारीहरुलाई सजग गराएका थिए ।

यसैगरी अतिथिहरुमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य ऋतु सेन्चुरी र टूलक प्रसाद विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष तथा बागमती प्रदेश उपसभापति टेक बहादुर विश्वकर्मा, हेमबहादुर विश्वकर्मा, बाबुराम रामदाम लगायतको उपस्थिति रहेको थियो ।

सुनचाँदी पेशा व्यवसायमा आबद्ध रहेका व्यवसायीकाे हक अधिकारकाे सुनिश्चितता तथा सुनचाँदी खरिदबिक्री एबम कारोबारमा देखा परेका समस्याहरूलाई समाधान गर्नु सबैको दायित्व रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । कार्यक्रमबाट आगामी कार्यकालका लागि शाखाको नयाँ नेतृत्व चयन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय