पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।














