• अजित अधिकारी

चितवन । नेपाल सरकारद्वारा जारी गरिएको सूचनामा माघ १५ गतेदेखि २० गतेसम्म बिद्यालय संचालन गराएर १२ बर्षदेखि १७ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई विद्यालयमा उपस्थित गराई कोभिड विरुद्धको मोडेना खोप लगाउने भनिएको थियो ।

तर चितवन जिल्लाको हकमा १२ बर्षदेखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई लगाउने भनिएको फाइजर बायोटेक खोप तथा खोप लगाउन आबश्यक सिरिन्ज र खोपसंग मिसाइने तरल पदार्थ ९डाइलुएन्ड० प्राप्त नभएको भन्दै नगरपालिकाले बिद्यालय बन्द गराउन आदेश दिएको हो ।

उक्त स्वास्थ्य सामाग्री नगरपालिकामा आए पश्चात् सबै बिद्यालयलाई जानकारी गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाद्वारा सार्बजनिक गरिएको पत्रमा हाल नगरभित्र कोभिड १९ को संक्रमण दर उच्च रहेकाले बिद्यालय खोली पठनपाठन गर्न उपयुक्त नरहेको हुँदा माघ २१ गतेसम्मका लागि बिद्यालय बन्द गर्न पत्रमार्फत सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय