चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आर्थिक लगानीमा अतिविपन्न ६ घरपरिवारलाई खानेपानीको धारा जडान गरिएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ का अतिविपन्न ६ घरपरिवारलाई खानेपानीको धारा जडान गरिएको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेठले वताए ।



नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले आर्थिक लगानी गरी शिवकुमारी महतो, हरिकला परियार, गीता सुनार, गीता पाण्डे, दिलबहादुर लामा र ज्ञानुमाया तामाङको घरमा धारा जडान गरेको उपशाखाका निर्वतमान अध्यक्ष राममणि खनालले वताए । कार्यक्रममा उपशाखाका सभापति सुवास विडारी र सचिव सचिव मनोज चौधरीलगायतको सहभागिता थियो।












