अजित अधिकारी
चितवन । चितवनको माडी धार्मिक ऐतिहासिक स्थलका रूपमा विश्व बिख्यात छ । प्राचीनकालदेखि बिभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ

। विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रूपमा रहेको देब भुमिको रूपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ ।

सयौं गन्तव्य नगरीका रूपमा रहेको नेपालकै परिचित एबम धार्मिक क्षेत्र मूर्ति नै मूर्तिको फुलबारीको रुपमा रहेको सोमेश्वर गढी पर्दछ । यसको केही माथिल्लो भागमा नेपाल भारतको सिमा स्तम्भ रहेको छ । यहाँ प्राचीन कालदेखि विभिन्न समयमा बसोबास गर्दै आएका ऋषि मुनिहरुले तपस्या गरेको तपो भुमिको रूपमा लिने गरिन्छ । साथै यस क्षेत्रको दर्शन गर्नाले मनका मनोकामना सबै सिद्ध हुने धार्मिक जनबिश्वास छ । छिमेकी रास्ट्र भारत तथा नेपालका विभिन्न क्षेत्रहरु बाट मानिसहरु पुजा आजा गर्नको लागि आउने गर्दछन ।

यसैगरी माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित रहँदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ ।

विभिन्न जातजाति धर्म सस्कृति रितिरिवाज र भेषभुषाले सुसज्जित सो क्षेत्रमा सबै समुदायको आ आफनै परम्परा रहेको छ ।
माडीको धार्मिक ऐतिहासिक स्थलहरुको अध्यन अबलोकन गर्नको लागि विभिन्न बाह्य तथा आन्तरिक पर्यटकहरु दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको दर्शन गर्न आउने क्रम बढ्दै गएको छ । नेपालमा अहिलेसम्म दुई स्थानमा मात्र शनि मन्दिर रहेको भनिएतापनि माडीमा मात्र २ वटा शनि मन्दिर रहेका छन् । अर्को शनि मन्दिर माडी नगरपालिका १ स्थित बरुवा बजारदेखि झन्डै २ किमि भित्र लक्ष्यमनिया भन्ने ठाउँमा पर्दछ । पछिल्लो समय विभिन्न क्षेत्रहरुमा शनि भवानीको पुजा गर्ने क्रम बढिरहेको छ । विशेषगरि विभिन्न ग्रह गोचर (शनि ग्रह) शान्ति गर्नको लागि शनिको पुजा गर्ने प्रचलन प्राचीनकालबाट नै रहँदै आएको जनबिश्वास छ ।

शनिको पुजा गर्नाले नौ ग्रह शान्ति हुने अधुरा कामहरु बन्ने घरपरिवार र मनमा शान्ति छाउने जस्ता बिश्वास रहेको छ । दशैमा दक्षिण सोमेश्वर कालिका मन्दिरमा दुर्गा देबि भवानी र काली माताको पुजा आराधना गरिनुका साथै हाँस परेवा बोका बलि दिने गरिन्छ भने बिधिपुर्बक शनि देबको पुजा आराधना पनि गर्ने गरिन्छ ।

यसैगरी दिवानगरमा रहेको रेवा तथा त्रिबेणीधाम पनि धार्मिक क्षेत्रका रूपमा परिचित छ । यहाँ भगवान् गौतम बुद्धको मूर्तिसंगै मन्दिर र रेवाकुण्ड रहेको छ । यहाँ खासगरी मकर मेला लाग्ने गर्दछ । भने विभिन्न क्षेत्रहरूवाट समेत मानिसहरु आउने गर्दछन् ।

यसैगरी अहिले पछिल्लो समयमा पूर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म भुमी र अयोध्याको बारेमा उदघोष गरेपछि यतिबेला माडी बिश्व समुदायमा नै चर्चाको शिखरमा छ । यसैगरी यसै बर्षको गत बैशाखमा रामनवमीका दिन माडीको अयोध्यापुरीमा रथयात्रा सहित भगवान् राम र सीताको मूर्ति स्थापना गरिएको थियो ।

नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माडी आएर प्रस्तावित अयोध्याधामको रूपमा रहेको माडी ८ स्थित कृष्णनगर पार्कको स्थलगत अध्यनसंगै मूर्ति तथा निर्माणाधिन अयोध्याधामको उद्घाटन गरेका थिए ।

प्रस्तावित अयोध्याधामको अबधारणाले माडी बिकासमा महत्त्वपूर्ण भुमिका खेल्नेछ । अहिले यस क्षेत्रको अबलोकन गर्न देश तथा छिमेकी राष्ट्र भारतबाट समेत मानिसहरु आउने गरेका छन् । खासगरी नेपाल सरकार र प्रदेश सरकारबाट समेत यसको बिकासको लागि अबधारणा सहित डिपिआर समेत तयार पारिएको छ ।

भने बजेट समेत छुट्टाइएको छ । यसले गर्दापनि माडीबासीहरु झनै खुशी देखिन्छन् । भगवान् राम नेपालमा जन्मिएको र धार्मिक प्रमाणहरुले पनि राम जन्मभुमी माडी नै रहेको भन्ने कुरा सिद्ध गर्दछ । यसैबर्ष रामनवमीका दिन बिहान देवघाट संगमस्थलको पवित्र जलले जलाभिषेकसंगै राम, सीता, हनुमान र लक्ष्यमणको मूर्तिलाई देवघाटबाट माडी ल्याएर स्थापना गरिएको थियो ।
जसका कारण माडी यतिखेर बिश्वसामु परिचित छ । यो संगै माडीमा अन्य धार्मिक क्षेत्रहरुमा गोदक, छरछरे, पाँचपाण्डब, बैकुण्ठधाम, बुलबुले, वाल्मीकि आश्रम, लगाएतका साना तथा ठुला धार्मिक क्षेत्रहरु रहेका छन् । भने अचम्मको प्राकृतिक घटना समेत माडीमा भएको थियो ।

जुन घटना माडी ७ देबेन्द्रपुर परुई खोलादेखि झन्डै २ किमी माथी सिरानमा सेतो पहिरो भन्ने ठान्दैमा भीषण सुख्खा पहिरो गएको थियो । झन्डै ५०० मिटर क्षेत्रफलमा १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान् त्यतिबेला गरिएको थियो ।

यो घटना गतबर्ष पौषको २ गते राती भएको हो । नजिकै रहेको खोला पहिरो खस्दा थुनिएर तालमा परिणत भएको थियो । भने पछि आफैं उक्त ताल फुटेको थियो ।

यस्तो घटना सायद माडीमा अहिलेसम्म घटेको थिएन । हामी सबैका लागि अबिस्मरणिय बनेको यो प्राकृतिक घटना कालान्तरमा समेत इतिहासकै रूपमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय