चितवन । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध चितवनमा युवा र विद्यार्थीहरूले मसाल जुलुस निकालेका छन । बुधबार साँझ बिरेन्द्र क्याम्पस चोकबाट मसाल जुलुस निकालेका हुन ।

ycl चितवन र अखिल (क्रान्तिकारी) चितवन को आयोजनामा mcc विरुद्ध मशाल जूलूस सम्पन्न भएको हो । मशाल जुलुस कार्यक्रम चौबीसकोटिमा गएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा अखिल (क्रान्तिकारी)जिल्ला संयोजक अबिनाश रम्तेलले संचालन गर्नुभएको थियो । भने Ycl जिल्ला ईन्चार्ज साजन अधिकारीले कोण सभामा सम्बोधन गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै अधिकारी ले mcc को पछमा उभिने संसद लाई जिल्ला प्रवेशमा रोक लगाउने बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका महानगर उपाध्यक्ष पबित्रा रिजाल, सह सचिब प्रकाश कंडेल ,ycl केन्द्रिय सदस्य सन्तोष पनेरु, अखिल (क्रान्तिकारी) बागमती प्रदेश अध्यक्ष सुरज सिंह ठकुरी ,ycl जिल्ला संयोजक रामु गोदार ,ycl भरतपुर महानगर ईन्चार्ज दिवाकर श्रेष्ठ, जिल्ला सचिब राजु भुसाल, महानगर संयोजक दिपेन्द्र पन्डित, सचिब सतिश ढकाल लगाएत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय