अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोला किनारमा बसोबास गर्दै आएका चेपाङ्ग समुदायका लागि घर बनाउन नगरपालिकाद्वारा गाडिएका पिलर जिर्ण र अलपत्र अबस्थामा छन् ।

कुसुम खोलाबाट बसाइँसराइ गरी परुई खोला किनारमा अस्थायी घर टहरा बनाइ बसोबास गर्दै आएका झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एकओटा चर्पी बनाइदिने सपना देखाएको थियो ।

सोझासाझा जनतालाई झुक्याएर स्थानीय निकायले घर बनाउने सपना देखाएर आजसम्म घर निर्माण नगर्नु नगरपालिकाको गैरजिम्मेवारी कदम देखिन्छ ।

काम नगर्ने कुराले मात्र आकाशका तारा झार्न खोज्ने स्थानीय निकायको परिबृती हाबी हुँदै जादा कयौं बिकास निर्माणका कार्यहरु ओझेलमा पर्ने गरेका छन् ।

छेपारे परिबृती र भोलिबादले समाज छपक्कै ढाकिएका बेला बिगतमा भोटका लागि बनाइने नारा दिगो नभई क्षणिक समयका लागि मात्र हुँदा जनताको ढाड सिमाभन्दा बढी नै सेकिएको छ ।

भनिन्छ, नेपालीमा एउटा उखान छ नि, अति गर्दा, खती हुन्छ । भनेझैं आगामी चुनावमा आँफुहरुलाई बिगतमा नेताहरुले दिएको आश्वासनको पैचौ फिर्ता गर्ने स्थानीयहरुको भनाइ छ ।

अहिले त्यहाँ आवास, खानेपानी, बाटो र बिधुतको समस्या छ । यसतर्फ स्थानीय निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ । यसैगरी बिगतमा चेपाङ्गहरुलाई स्थानीय निकायद्वारा दिइएका आश्वासनहरु पूरा गर्नुपर्दछ ।

घर बनाउनका लागि गाडिएका पिलर जिर्ण र अलपत्र अबस्थामा रहदा बिगतमा दिइएका आश्वासनका कामहरु एक रती पनि नहुनु भनेको सिधै जनतालाई अन्याय गर्नु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय