अजित अधिकारी
चितवन । माडीको बरुवा बजारस्थित स्टार स्पोर्ट्स खेलमैदानमा जारी दोश्रो माडी शिवरात्री मेला २०७८ शनिबार समापन हुने भएको छ ।

मेलाको साभार संस्कृती र पर्यटन प्रर्वद्वनको आधार भन्ने मुल नाराका साथ संचालित उक्त मेला छैटौं दिनका दिन समापन हुन लागेको हो ।

भोलि अर्थात् शनिबार स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ । आयोजकले दिएको जानकारी अनुसार राष्ट्रियस्तरका कलाकारहरु चर्चित लोक गायक प्रकाश सपूत, नृत्याङ्गना करिश्मा ढकाल र बेली डान्सर बिनु शाक्यको उपस्थिति र प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

यसैगरी कार्यक्रममा स्थानीय स्तरका कलाकारहरु बन्दना देवकोटा, रविना परियार, र सुजता आचार्यको नृत्य प्रस्तुति रहनुका साथै नृत्य प्रतियोगिताको फाइनल समेत रहने कार्यक्रम भएको ब्यबस्थापन संजय महतोले जसपाल न्युजसंग बताए ।

यसैगरी मेलामा माडी स्तरीय भलिबल प्रतियोगिता समेत संचालन भइरहेको र सो खेलको फाइनल खेल समापनका दिन संचालन हुने प्रतियोगिताका संयोजक अमित लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय