चितवन । चुनाव आउदै गर्दा, आआफ्ना पार्टीबाट पदका लागि आकाङ्क्षा गर्नु त स्वभाबिक कुरा हो । तरपनि कुन पार्टीले जित्ला र कुन पार्टीको सरकार बन्ला भन्ने जिज्ञासा् तपाईंहामी सबैमा हुन्छ ।

पछिल्लो समय निर्वाचनको मिति नजिकिदै जाँदा माडीसंगै देशभर आआफ्नो क्षेत्रमा नगर प्रमुख पदको चर्चा चुलिदै गएको छ ।

सबै क्षेत्रमा उम्मेदवारीको टुङ्गो नलागेपनि आआफ्नो पार्टी भित्र सम्भाबित मेयरको खोजी भइरहेको देखिन्छ । यद्यपि अहिलेसम्म भने गठबन्धन हुने नहुने बारेमा नतिजा बाहिर आइसकेको छैन ।

तर यस विषयकमा चर्चा भने उत्तिकै छ । सबैका पार्टीमा आआफ्ना धारणा र योजनाहरु क्रमिक रूपमा बढ्दै गएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी नगरपालिकामा नेतृत्व कसले लिने भन्ने बारेमा केही समय अघिबाट नै बहस शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट ६ जनाको नाम चर्चामा छ । यसैगरी नेकपा एमालेबाट ७ जनाको चर्चा छ । उता, नेपाली कांग्रेसबाट ६ जनाले मेयर पदको लागि दाबी गरेका छन् ।
यसैगरी अहिलेसम्म नेकपा (एकीकृत) समाजवादीबाट ३ जनाको नाम चर्चामा छ ।

भने राप्रपाबाट अहिलेसम्म १ जनाको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल, ओवनाथ पाण्डे, ऋषिराम काफ्ले, प्रभु प्रसाद महतो, डण्डापानी पौडेल र सन्तोष पनेरु यसैगरी नेकपा एमालेबाट ताराकुमारी काजी महतो, श्याम बिष्ट, श्री प्रसाद दवाडी, नारायण पौडेल, नारायण अधिकारी, मथुरा बहादुर भण्डारी र शिबहरी सुवेदी यसैगरी नेपाली कांग्रेसबाट कोमलनाथ भुसाल, खेम महतो, कृष्ण प्रसाद पौडेल, छबिलाल भट्टराई, शोभाखर चापागाईं र भोजराज देवकोटा समाजवादीबाट नारदमणि पौडेल, प्रेमराज तिमिल्सिना र रामचन्द्र लम्सालको नाम चर्चामा छ । यसैगरी उप प्रमुख पदको लागि प्रेमराज तिमिल्सिना र चन्द्रा बानियाँको नाम अगाडि सारिएको छ ।

राप्रपाबाट मदन पौडेलको नाम चर्चामा छ । दलले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरेपनि सम्भावित उम्मेदवारको चर्चा यतिबेला माडीमा चुलिएको हो । यसैगरी प्रमुख र उप प्रमुख पदमा उम्मेदवार कस्ता ब्यक्तिहरु होलान् र कुन दलले जित्ला भन्ने चर्चा चुलिएको हो । यसैगरी जनता समाजवादी पार्टीका रमाकान्त सापकोटा पनि अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए । उनको पार्टीबाट उनको नाम पनि चर्चामा रहेको देखिन्छ । अन्य साना दलका पार्टीहरु पनि नगर प्रमुख र उप प्रमुख पदको लागि आकाङ्क्षा गरेको सुनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय