अजित अधिकारी
चितवन । नेकपा एमाले चितवन क्षेत्र नं. ३ का अध्यक्ष श्यामकुमार बिष्टले अरुसंग जुका झैं टाँसिएर निर्वाचनमा जिताउने र हराउने चाबी हाम्रो हातमा छ । भन्दै हिड्नेहरुप्रति कटाक्ष गर्दै, नेता बिष्टले त्यस्तो भन्दै हिड्नेहरुले नै आफ्नो हैसियत देखाएको बताएका छन् ।
अरुसंग टाँसिएर हामी जित्दैनौ तर चाबी हामीसंग भन्दै हिड्नु मुर्खता रहेको बताएका हुन् ।



जसपाल न्युजसंग संक्षिप्त कुराकानी गर्दै नेता बिष्टले यस्तो बताएका हुन् ।
अन्य पार्टीको त माडीमा गठबन्धन हुने चर्चा छ नि ? तपाईंहरुको के हुन्छ ? भन्ने प्रश्नमा नेता बिष्टले अरुको गठबन्धन सत्ता प्राप्ति गर्नका लागि देश र जनतालाई उज्यालो तर्फ लैजाने नभई अध्यारोतर्फ लैजाने बताए ।
यसैगरी उनले भने, हाम्रो गठबन्धन हुने सवालमा कुनै कुरा सोचेका छैनौं । सकेसम्म आफ्नै बलबुटाले सकेसम्म जानुपर्छ भन्ने छ । तर अहिले नै यो बारेमा पार्टी भित्र छलफल भने नभएको उनको भनाइ थियो ।
तपाईंले यसो भन्दै गर्दा, कतिपयले त तपाईंहरुको गठबन्धन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग हुन्छ भन्ने तर्क गरेका छन् नि ? तर तपाईं फेरी छलफल नै भएको छैन, भन्नुहुन्छ ? तर चर्चा भने बाहिर आइरहेको छ नि ? भन्ने प्रश्नमा नेता बिष्टले भने, तपाईं एउटा पत्रकारको रूपमा मलाई प्रश्न गर्नु स्वभाबिक हो । तर तपाईंले प्रश्न गर्ने बित्तिकै यसको उत्तर मैले दिइहाल्नु पर्छ भन्ने छैन । किनभने पार्टी भित्र गठबन्धनका सवालमा नभएका छलफल र निर्णय अहिले नै भन्न जरुरी नरहेको उनको भनाइ थियो ।
यो संगै नेता बिष्टको अर्को भनाइ अन्य पार्टीका गठबन्धनका कुरा छाडौ, उनीहरु के के गर्छन् । के गर्छन्, के गर्दैनन् हामी जान्दैनौं तर हामीलाई बिश्वास छ, हामीले गरेको बिकास निर्माण नेकपा एमाले प्रतिको जनताको बिश्वास जनाआधार र देशब्यापी रूपमा नेकपा एमाले प्रतिको आस्था सत्तामा हुँदा एमालेले ल्याएको निति, बिचार र सिद्धान्त र यसले उत्पादन गरेको हाम्रो पार्टी प्रतिको जनलहरका कारण हामी चुनाव जित्छौ । भन्ने उनको भनाइ रहेको थियो ।
यो संगै अयोध्या निर्माण गर्न नेकपा एमालेका पार्टी अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो अध्यन र तथ्यपुर्ण तरिकाले चितवन जिल्ला माडीको अयोध्यापुरी हो भनी उदघोष गर्नुभयो । यो नै हामी माडीबासीका लागि मात्र नभई सारा नेपालीका लागि खुशीको कुरा भएको बताए ।
उनले अहिले त्यहाँ मन्दिर निर्माणका लागि थुप्रै योजना र ज्ञान महायज्ञ समेत संचालन भइरहेको बताए । तर अयोध्या निर्माणलाई गलत ढ्ङ्गबाट ब्याख्या गरेर अन्य बिकाससंग दाँजेर बिरोध गर्न खोज्ने परिबृती गलत भएको र कोही त्यस्ता तत्वमा लागेको बताए ।
अहिले तपाईंहरुका चुनावी एजेन्डाहरु के के छन् ? र तपाईं मेयरमा उठ्ने चर्चा छ नी ? भन्ने प्रश्नमा म अघिल्लो निर्वाचनमा नै मेयर पदमा उठ्ने बिचार र पार्टी भित्र इच्छा जाहेर गरेको थिए । तर पार्टीको निर्णय अनुसार, मलाई पार्टीले दिएको निर्णय मानेर बसेको हुँ । तर मेयर पदको लागि अहिलेपनि आकाङ्क्षा गर्ने साथीहरु धेरै हुनुहुन्छ । तर यो बारेमा अहिले नै मैले केही बोल्न मिल्दैन होला, तर यदि पार्टीले मलाई बिश्वास गरेर टिकट दिने निर्णय गर्यो भने म स्वीकार गर्नेछु भन्ने उनको भनाइ थियो ।
अर्को फरक प्रसङ्गमा नेता बिष्टले केही तत्वहरु बिकास निर्माणका कामहरू हतारहतारमा गर्न लागेको र बनेका बाटो तथा पुलको उद्घघाटनतिर हतार गरेको बताए ।
सुकुम्बासी जनतालाई चुनावका बेलामा मात्र सम्झने परिबृती गलत रहेको र अहिले लोकप्रियताका लागि, निकुञ्जको बाटो हामीले निर्माण गर्न लागेका थियौं, हामीलाई काम गर्न दिएनन् भन्ने कुरा राखेर जिम्मेवारीबाट टाढा बन्न खोज्ने र निकुञ्जको बाटो निर्माणका लागि बेनामे उजुरी परेको भन्दै, बेनामे तर्क गर्दै हिड्नु बिकास बिरोधि तर्क भएको उनको बुझाइ थियो ।
यसैगरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ल्याउने सवालमा पनि राजनीति हुँदै आएको बताए । उनले, कर्मचारी ल्याउने सवालमा काठमाडौंमा रोक्न खोजे, आउनको लागि दबाब दिएर आउन दिएनन् । असहज हुने गरी काम गरियो । छिटोछिटो कर्मचारी सरुवा गर्न लागियो । आफ्नो चाहना अनुसारको काम नगर्ने कर्मचारीलाई धपाउने खेल गरियो भन्ने उनको भनाइ थियो । यसैगरी निकुञ्ज प्रशासनले कुसुमखोलाका भूमिहिन सुकुम्बासी चेपाङ्गका घरमा आगो लगाएको घट्नाप्रति गहिरो दुख व्यक्त गर्दै, निन्दनीय कार्य रहेको बताए । नगर भित्रका समस्या समाधान गरी निकासको बाटो खोज्ने र विधि संभत तरिकाले चलाउने, बिकासका लागि राजनीति नगर्ने र बिकासलाई आबश्यकताका आधारमा लैजाने, र माडीका धार्मिक तथा ऐतिहासिक स्थलहरुको बिकासका लागि कहाँ के गर्ने गुरु योजना सहित निर्माण गर्ने उनको अबधारणा थियो । निकुञ्ज ऐन परिमार्जन हुनुपर्ने र नागरिकको बास उजाड्ने र जनावरको बास स्थापित गर्ने परिबृती ऐन कानुन परिबर्तन गरेर अत्य गर्ने उनको अठोट थियो ।
यसैगरी दुईतिहाईको सरकार हुँदा राज्य संचालन थायित्व तरिकाले गएको भए, अहिले निस्सा पाउने जनताको हातमा लालपुर्जा पुग्ने उनको तर्क थियो ।











