कालिका/बि.एम.हस्तकला प्रशिक्षण केन्द्रद्वारा नववर्ष २०७९ को अवसरमा समितिका पदाधिकारी एवम् सदस्यहरु र कर्मचारीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको अध्यक्षमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा कालिका नगरपालिका माओवादी केन्द्रकी अध्यक्ष सविता लामा, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट, इलाका प्रहरी कार्यालय कालिकाका बरिष्ठ सही उदय के.सी.ले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत कार्यक्रमका सभापति एवम् अतिथिहरुबाट संयुक्त रुपमा केक काटेर नववर्षको शुभकामना व्यक्त गरिएको थियो ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राख्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा युनिक्लो बुटिककी सञ्चालिका एवम् सफल महिला उद्यमी राधा शर्मा, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.की निर्देशक लुना पाण्डे भट्ट, बि.एम.हस्तकला प्रशिक्षण केन्द्रका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

रामसिंह मोक्तानले सञ्चालन गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रमलाई बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय