रत्ननगर । रत्ननगर नगरपालिका वडा न. १४ मा अनेमसंघ (क्रान्तिकारी)को वडा कमिटि गठन गरिएको छ । शनिबार भएको एक भेलाले सम्झना खनालको अध्यक्षतामा एक सदस्यीय पछि थप्ने गरी ११ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

भेलाले उक्त कमिटिको उपाध्यक्षमा कला घिभिरे,सचिवमा लक्ष्मी ढकाल,सह सचिवमा सरस्वती वस्नेत, कोषाध्यक्षमा डुल माया अधिकारी र सदस्यहरुमा गोमा सुयाल,जानुका आचार्य,मेटीका श्रेष्ठ, शुशीला लामिछाने र जानुका ढुवाडी लाई चयन गरेको छ ।

भेलामा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य कञ्चन खनाल, पार्टी प्रदेश कोषाध्यक्ष संगिता भटराई, पार्टी नगर अध्यक्ष श्याम प्रसाद बराल लगायता नेताहरुले संवोधन गरेका थिए ।

त्यस्तै आजै पार्टी कार्यालयको समेत उद्धघाटन गरिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रत्ननगरका अध्यक्ष श्याम बरालले वताए । माओवादी केन्द्रले रत्ननगरका प्राय सवै वडामा कार्यालय स्थापन गरिसकेको छ । भने घरदैलो कार्यक्रमलाई व्यापक वनाउदै जनताको घरदैलोमा पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय