अजित अधिकारी
चितवन । माडीमा परिवर्तनका लागि युवा अभियानद्वारा अन्तरक्रिया कार्यक्रम फेरी आउदो बैशाख १० गते शनिबार बस्नेगरी सम्पन्न भएको छ ।

बालकल्याण आधारभूत बिद्यालय जगन्नाथपुरीको प्राङ्गणमा उत्कृष्ट जनप्रतिनिधि चयनको लागि गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम माडी ७ का युवाहरुद्वारा संचालन गरिएको हो । खासगरी परिवर्तनका लागि युवा अभियान नामक संस्थाले आयोजना गरेको सो अन्तरक्रियामा पछिल्लो समय स्थानीय तहमा चुनावी माहोल तातिरहेका बेला आगामी चुनावी एजेन्डाका विषयमा अब निर्बाचित जनप्रतिनिधिले गर्नुपर्ने कामका बारेमा आगामी योजना र तर्जुमाका बारेमा छलफल भएको हो ।

छलफलमा आगामी स्थानीय तहको उम्मेदवारका लागि आकाङ्क्षा र पार्टीबाट सिफारिस भएका विशेषगरी वडा नं. ७ मा उठ्ने उम्मेदवारलाई उपस्थित गराएर ध्यानाकर्षण गराउने कार्यक्रम भएको हुँदा सबैको उपस्थिति नभएको र पार्टीबाट उम्मेदवारी छनौट प्रक्रिया हुन समय लागेको हुँदा आउदो बैशाख १० गते शनिबारका दिन बृहत् छलफल तथा अन्तरक्रिया गरिने परिवर्तनका लागि युवा अभियानका संयोजक बिक्रम न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय