अजित अधिकारी
चितवन । पछिल्लो समय चितवनमा अन्य पार्टीको गठबन्धनको चर्चा भइरहदा निर्वाचनको समयमा एमाले र राप्रपाको गठबन्धन हुन्छ कि हुन्न भन्ने जनमानसमा दुबै पार्टीका कार्यकर्ताहरुको अड्कल बाजी अझैपनि यथाबत् नै छ ।

भरतपुर महानगरपालिकामा एमाले र राप्रपाको तालमेल हुने भएपछि माडी नगरपालिकामा पनि एमाले र राप्रपाको तालमेल हुने सम्भावना देखिएको हो । तर पार्टीले आधिकारिक धारणा बाहिर नल्याएतापनि केही समय अगाडि माडीमा एमालेबाट नगर प्रमुख पदमा यस अगाडिको चुनावमा उप प्रमुख पदमा निर्वाचित भएकी ताराकुमारी काजी महतोलाई पार्टीले प्रमुख पदमा सिफारिस गरेको छ । भने उप प्रमुख पद अहिलेसम्म खाली रहदा उक्त पद राप्रपाका लागि राखिएको बुझ्न सकिन्छ । यसैगरी भरतपुर महानगरपालिकामा एमालेले बिजय सुबेदीलाई नगर प्रमुख पदको लागि सिफारिस गरिसकेको छ । अब एमाले र राप्रपाको तालमेल भएर उप प्रमुख पदमा राप्रपाको उम्मेदवार सिफारिस भएमा माडीमा अन्य गठबन्धनले जस्तै एमाले र राप्रपाले कुन कुन वडा आफ्नो भागमा पाउछन् त्यो भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय