चितवन । चितवनको खैरहनीमा गठबन्धनका दलका उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका छन। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी मत माग्न गठबन्धनका उमेदवारहरुले घरदैलोलाई तीब्रता दिएका हुन ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उमेदवार शशी खनिया , माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल, वडा नं १३ का वडाध्यक्ष पदका उमेदवार सानोकाजी कुवर सहित वडा सदस्य पदका उमेदवारहरु खुलातर्फ जीवन कार्की, रेमकुमारी श्रेष्ठ महिला तर्फ भिममाया तमाङ्ग र दलित तर्फ फुलकुमारी विकले विहीबार वडा नं १३ मा घरदैलो गरी वडाबासीहरुसंग मत मागेका हुन ।



घरदैलो पछि आयोजित कार्यक्रममा मेयर पदका उमेदवार खनियाले कुमरोजमा पर्यटन प्रवर्द्धन र बिस्तार गरि थप सम्भाब्यताको खोजी गरिदै यहाको मुल समस्याको रुपमा रहेको मानव बन्यजन्तुको द्वन्द न्यूनीकरणमा आफ्नो मुख्य भुमिका रहने भन्दै सुकुमबासीलाई लालपूर्जा वितरण र बस्ती व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
उपमेयर पदका उमेदवार ढकालले जनप्रतिनिधिले पाँच बर्षमा गर्न नसकेको काम आफुहरुले गर्ने संकल्पका साथ चुनाबी मैदानमा होमिएको बताए ।
वडाध्यक्ष पदका उमेदवार कुवंरले पर्यटनको माध्यमबाट आयआर्जन र रोजगारी सृजना गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। घरदैलोमा गठबन्धनका दलहरुका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
३२६१ मतदाता रहेको खैरहनी १३ मा यसअघि सम्पन्न स्थानीय तहको निर्वचनमा वडा अध्यक्ष सहित सम्पुर्ण पदमा नेपाली काङ्ग्रेसका उमेदवारहरु विजयी भएका थिए।
यस्तै खैरहनी १३ मा गरिएको घरदैलो कार्यक्रममै विभिन्न पार्टि परित्याग गरि १५ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस प्रवेश गर्नेहरुमा कृपा घिमिरे ,सम्झना घिमिरे, सुनिता चौलागाईं, तिलकुमारी बिक, शर्मिला चौलागाईं, दुर्गा कार्की, सिर्जना कट्टेल, जमुना नेपाली, उमा कट्टेल, रमा कट्टेल, सीता कट्टेल, उजेलि तमाङ्ग, बिमला तमाङ्ग र साहिल शर्मा रहेका छन।देशको परिवर्तन काङ्ग्रेस बाहेक अरुले गर्न नसक्ने भन्दै काङ्ग्रेसमा आबद्द भएको उनिहरुले बताएका छन।











