रत्ननगर । नेपाली काङ्ग्रेस सहितको गठबन्धनले आयोजना गरेको घरदैलोमा उत्साहजनक सहभागिता भइरहेको छ । शुक्रबार खैरहनीको वडा नं १२ मा भएको घरदैलोमा उत्साहजनक सहभागिता भएको हो । १३वटा वडा रहेको खैरहनीमा आज वडा नं १२ मा गठबन्धनबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र उपमेयर लक्ष्मी ढकाल सहितका टोलीले घरदैलो गरिरहेको नेपाली काङ्ग्रेसका नगर सभापति गुणराज श्रेष्ठले जानकारी दिए ।

खैरहनी १२को घरदैलो गर्दै मत माग्दै हिडेका मेयर पदका उम्मेदवार खनिया र उपमेयर पदको उम्मेदवार ढकालले मतदातालाई गठबन्धन प्रतीको आशा र भरोसा भएका कारण मत दिने विश्वास व्यक्त गरेका छन।

३२९३ मतदाता रहेको खैरहनी १२ मा वडा अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको तर्फबाट केदार पन्त वडा सदस्यहरुमा खुल्ला तर्फ श्याम प्रसाद रेग्मी, एकता चौधरील महिलातर्फ अनिता चौधरी र दलित महिला तर्फ श्रीमाया सार्कीले उम्मेद्बारी दिएका छन। यश अघि सम्पन्न स्थानीय निर्वाचनमा वडा अध्यक्ष सहित सम्पुर्ण पदमा नेपाली काङ्ग्रेसका उमेदवारहरु विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय