चितवन । नेपाली कांग्रेसबाट चितवनमा एक मात्र वडामा महिला उमेदवार चुनावी प्रतिस्पर्धामा रहेको पाईएको छ । जिल्लामा एक महानगरपालिका,पाँच नगरपालिका र एक गाउँपालिकाका गरि कुल ९८ वडा भएपनि कांग्रेसले एक मात्र वडामा महिला उमेदवारलाई अध्यक्षको रुपमा उठाएको छ । रत्ननगर नगरपालिकाको वडा नम्बर १२ मा युवा नेतृ तथा संचारकर्मी अनिता अर्याललाई नेपाली कांग्रेसले वडा अध्यक्षको उमेद्वार बनाएको हो ।

विक्रम सम्बत २०६० सालमा शहिद स्मृति बहुमुखी क्याम्पस अध्ययन गर्दा नेपाल विद्यार्थी संघको ईकाई सदस्य बनेर राजनितिमा प्रवेश गरेकी अर्याल हाल नेपाली कांग्रेस रत्ननगर नगर समितिकी सचिव हुन् । यस विचमा उनले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको क्षेत्रिय समितिमा सह सचिव र सचिव बनेर काम गरि सकेकी थिईन ।
स्नातकोत्तर तह उत्तिर्ण अर्याललाई पार्टिले वडा अध्यक्षको उमेदवार बनाएको हो । वडा नम्बर १२ मा यस अघि २०७४ सालमा भएको स्थानीय निकाय निर्बाचनमा कांग्रेसकै विर बहादुर पाख्रिनले आफ्ना निकटतम प्रतिद्धन्द्धीलाई ३ सय २५ मतको अन्तरले पराजित गरेका थिए । २०७४ सालमा वडा नम्बर १२ मा कुल ३ हजार ६ सय मतदाता रहेकोमा अहिले ४ हजार २ सय ९५ जना मतदाता छन् ।

रत्नगगर १२ मा यस अघि नेपाली कांग्रेसको उमेदवारले जितेकाले गठबन्धन बाट कांग्रेसले उमेद्वारी दिने सहमति अनुसार उमेदवारी दिएर चुनावी घर दैलो सुरु गरे पनि गठबन्धनमा असन्तुष्टी जनाउदै माओवादीले नगरका सबै वडामा उमेदवारी दिएपछि एक दिन प्रचार प्रसारमा अन्योल भएको थियो । उमेदवारी फिर्ता लिने समय नाघि सकेकाले मित्रवत प्रतिस्पर्धा गर्ने गरि दुबै पार्टिका उमेदवारको उमेदवारी कायम रहेको छ ।

क्याम्पस अध्ययनकै बेला देखि पत्रकारितामा समेत सकृय अर्याल हाल नेपाल प्रेस युनियन चितवनको उपाध्यक्ष छन् । स्थानीय रुपमा लोकप्रिय रेडियो अर्पण, रेडियो चितवन, रेडियो त्रिवेणीमा लामो समय काम गरेकी अर्याल लाई स्थानीय नेतृत्वले उज्जव भविश्य रहेको नेतृका रुपमा हेरेका छन् । स्थानीय सौजन्य बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिमा रहेकी अर्याल चेतनशिल आमा समुहको अध्यक्षको रुपमा सामाजिक काममा सकृय रहने गरेकी छन् ।

विजयको सम्भावना

यस अघि पनि कांग्रेसकै उमेदवार विजयी भएको र हाल गठबन्धनको साथ रहेकाले अघिल्लो पटक भन्दा बढि मत अन्तरले आफु विजयी हुने उमेदवार अर्यालको विश्वास छ । आफ्नो माईति गाउँ र सामाजिक रुपमा सकृय रहेको ठाउँ पनि एकै वडा भएकाले मत संख्या अझ बढ्ने आफुले अपेक्षा गरेको अर्यालले बताईन । पारिवारिक पृष्ठभुमि र ईमान्दार कांग्रेस कार्यकर्ताको रुपमा पिताको छवि भएकाले आफुले टिकट पाए देखिनै स्थानीय कांग्रेस कार्यकर्ता उत्साहित भएर चुवानी प्रतिस्पर्धामा लागेको उनले जानकारी दिईन । जिल्ला नेतृत्वले माओबादीलाई सन्तुष्ट बनाउन रत्ननगर १२ माओवादीलाई दिने गरि अगाडी बढेपनि स्थानीय नेताको एकीकृत अडानले पनि उनको उमेदवारी कायम रहेको हो ।

एजेण्डा के छन् त ?

आफ्ना वडाका नागरिकको दैनिक जिवनमा आई पर्ने काम नगरपालिका सम्म पनि जान नपर्ने गरि वडामै सवै सेवा पुर्याउने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिईन । आफु पार्टिको नगर समिति सचिव पनि रहेकाले आफ्नो दृष्टिकोण समग्र नगरपालिकाको सर्वािङ्गण विकासमा केन्द्रिकृत हुने उनले जानकारी दिईन । हामी नगरपालिकालाई नै नमुना बनाउने उद्धेश्यले कृयाशिल छौ नगरपालिकामा हाम्रो वडा हरेक मापदण्डमा नमुना बन्छ उनको आत्मविश्वास छ । नगरपालिकामा नगर सभापित प्रलाद सापकोटा नगर प्रमुखको उमेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय