रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. ५ को पनि अन्तिम नतिजा आएको छ । रत्ननगर ५ मा पनि नेपाली कांग्रेसले नै जित हासिल गरेको छ । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार बालकृष्ण चापागाईले आफ्ना निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण महतोलाई १३४ मतले पराजित गरेका हुन् ।

खसेको कुल २२८५ मत मध्य चापागाईले ११०२ मत प्राप्त गरे भने महतोले ९६८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत विनोद कुमार गौतमका अनुसार चापागाईको प्यानल नै विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय