चितवन । माडीमा स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकाको नगर प्रमुखमा राप्रपा-एमाले गठबन्धन अन्तरगत नेकपा (एमाले) नेतृ ताराकुमारी काजी महतो निर्वाचित भएको औपचारिक घोषणा भएको छ ।

माडीमा २० हजार ४ सय ९५ मतदान भएकोमा नगर प्रमुखमा निर्वाचित हुन सफल महतोले ९ हजार ९ सय १ मत ल्याएर उनका निकटतम् प्रत्यासी बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ऋषिराम काफ्लेले ७ हजार ७ सय २९ मत पाएका थिए ।

यसरी महतो २ हजार १ सय ७२ मतान्तरसहित नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।

नगर प्रमुख पदमा निर्वाचित महतो यसअघिको स्थानीय तह निर्वाचनमा नगर उप प्रमुख पदमा अत्याधिक मतले बिजयी भएकी थिइन् ।

यसैगरी बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका खेम प्रसाद महतो निर्वाचित भएका छन् ।

उनले ६ हजार ८ सय ३० मतका साथ उनका निकटतम् प्रत्यासी एमाले राप्रपा गठबन्धन अन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मदन प्रसाद पौडेलले ५ हजार १ सय ४० मत ल्याएका थिए ।

यसैगरी अर्का स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले ३ हजार ८६ मत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय