चितवन । पेट्रोलियम पदार्थ सहित खाधान्नको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन रत्ननगर नगर समितिले विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले शुक्रवार साँझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन । उनीहरुले रत्ननगरको टाँडी  वाट मसाल जुलुस निकालेर बकुलहर चोकमा पुगि कोण सभामा परिणत भएका थिए ।

कोण सभामा राप्रपा बागमती प्रदेश सहसचिव मधुप भट्टराई , राप्रपा केन्द्रीय बाणिज्य समन्वय बिभाग सदस्य हरि प्रसाद अधिकारी, जिल्ला अध्यक्ष रुद्र ढकाल, क्षेत्र न.१ अध्यक्ष बलराम खनाल ,नगर अध्यक्ष गोविन्द प्रसाद अधिकारी र नगर प्रवक्ता सन्तोष लामा लगायतले वोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय